News

वडा सदस्यका उम्मेदवार साउदले खुकुरी खाए

वडा सदस्यका उम्मेदवार साउदले खुकुरी खाए

बैतडीको डिलासैनी गाउँपालिका–५ का वडा सदस्यका उम्मेदवार ६० वर्षिय हरिराम साउदमाथि सांघातिक आक्रमण भएको छ। सोमबार राति करिब साढे १० बजे साउदमाथि खुकुरीले आक्रमण गरिएको हो ।

खुकुरी प्रहारबाट साउदको टाउको र शरीरमा गहिरो चोट लागेको छ । स्थानीय गोकुलेश्वर अस्पतालमा प्राथमिक उपचारपछि थप उचार गर्न उनलाई धनगढी रिफर गरिएको छ। 

माओवादी केन्द्रबाट उम्मेदवार बनेका साउदमाथि किन आक्रमण भयो भन्ने कुरा खुलेको छैन, तर आक्रमणमा अजित साउदको समूह संलग्न भएको सुचना पाएको प्रहरीले जनाएको छ। 

उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

विशेष