News

राहुल गान्धी ठमेलको नाईट क्लव एलओडीमा डेढ घण्टा मस्त

राहुल गान्धी ठमेलको नाईट क्लव एलओडीमा डेढ घण्टा मस्त

पाँच दिने नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रिय कांग्रेस पार्टीका पूर्व अध्यक्ष राहुल गान्धी ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ द ड्रिङ्क्स) मा देखिएपछि हंगामा सुरु भएको छ। उनी डेढ घण्टासम्म एलओडीमा मस्त देखिएका थिए।

 राहुल गान्धी एलओडीमा रहेको भिडियो सार्वजनिक भएसँगै भारतमा उनको तिव्र आलोचना भईरहेको छ। भिडियो सेयर गर्दै भाजपाले कांग्रेस र राहुल गान्धीमाथि संगिन आरोप लगाएको छ।

भाजपाका प्रवक्ता शहजाद पूनावालाले भने, ‘राहुल गान्धीले के गरिरहेका छन्, यो उनको नीजि मामिला हो । तर जब राजस्थानको जोधपुरमा हिंसा भइरहेको छ, राजस्थानमा कांग्रेसको सरकार छ, राजस्थान जलिरहेको छ । यसमाथि चिन्ता व्यक्त गर्नुको साटो राहुल गान्धी नेपालको नाइटक्लबमा पार्टी गरिरहेको देखिएका छन् । जबकी उनी भारतका जनतासँग उनीहरुको समस्याबारे जान्न अग्रसर हुनुपर्दथ्यो ।’

उनले कांग्रेस पार्टी ध्वस्त भइसके पनि राहुल गान्धीको पार्टी यसरी नै चलिरहनेछ भन्दै आलोचना गरेका छन् । ‘उनी राजनीतिमा गम्भीर छैनन् । जब उनको पार्टी र देशका जनतालाई उनको आवश्यकता छ, उनी नेपालमा पार्टी गरिरहेका छन् ।’– पुनावालाले लेखेका छन्।

यसैगरी, भारतका केन्द्रीय मन्त्री किरेन रिजिजुले राहुल गान्धीको भिडियो सेयर गर्दै ‘पार्टी, होलिडे, प्लेजर ट्रिप, प्राइभेट फरेन भिजिट आदि अब देशका लागि कुनै नयाँ कुरा होइन’ भन्दै लेखेका छन् भने नेता कपिल मिश्राले ‘यो राहुल गान्धीको नीजि जीवनको मामिला होइन । राहुल गान्धी कोसँग छन् ? के चीनको एजेन्टसँग छन् ? राहुल गान्धीले सेना विरुद्ध जुन ट्वीट गर्छन् के त्यो चीनको दबाबमा गर्छन् ? प्रश्न त सोधिन्छन्, प्रश्न राहुल गान्धीको मात्रै होइन, देशको हो’ भन्दै चिन परस्त भएको आरोप लगाएका छन्।

यस्तै भाजपाका सोसल मिडिया इन्चार्ज अमित मालवीयले पनि राहुलका वारेमा टिप्पणी गरेका छन् । राहुल नीजी भ्रमणका क्रममा काठमाडौँमा छन् । सोमबार भिस्तारा एयरको विमानबाट काठमाडौँ ओर्लिएका उनी साँझ ठमेलस्थित नाइट क्लब एलओडीमा गएका थिए ।

राहुल गान्धी

विशेष