News

सिर्जनालाई आफनै सचिवालय घाँडो, घेरावन्दी गर्दै लामिछाने

सिर्जनालाई आफनै सचिवालय घाँडो, घेरावन्दी गर्दै लामिछाने

स्थानीय तह निर्वाचन नजिकिएसँगै काठमाण्डौंमा राजनीतिक माहौल तातिएको छ। संघीय राजधानी समेत रहेको काठमाण्डौं महानगरपाकिलामा पाँच दलिय सत्ता गठवन्धनबाट सिर्जना सिंह, नेकपा एमालेबाट केशव स्थापित र स्वतन्त्र उम्मेदवारहरु बालेन शाहलगायतको चर्चा छ।

उम्मेदवारहरु आफनो जित निश्चित भईसकेको दावी गरिरहेका छन्। एमाले उम्मेदवार स्थापितले त आफनो प्रतिस्पर्धी नै नभएको भन्दै चित्त दुखाउन थालेका छन् । उनी बालेनलाई फुच्चाफुच्ची र दर्तावाला अन्तर्राष्ट्रिय ठग भन्छन् भने सिर्जनालाई ‘मञ्चमा वोल्न नसक्नेले कसरी शहर चलाउँछ ?’ भन्दै टिप्पणी गर्छन। 

तर, काठमाण्डौंमा मेयर जित्न उनले भने जस्तो सजिलो भने छैन। उनीमात्र होईन, सिर्जना, बालेन कसैलाई पनि सहज छैन। पाँच दलकी साझा उम्मेदवार भनिएकी सिर्जना सिंहलाई पनि चुनाव जित्न निकै वटा चुनौतीको सामना गर्नु पर्ने देखिएको छ।

सर्वप्रथमतः उनले आफ्नै नेता–कार्यकर्ताबाट चुनौती झेलिन। श्रीमान प्रकाशमान सिंहका कारण मेयरको टिकट हत्याएको आरोप उनीमाथि छ। यसले चुनावमा कस्तो असर गर्ला भन्ने कौतुहलता बाँकी नै छ। दोस्रो चुनौती–अन्य दलका उम्मेदवार। घरब्यवहार गरेर वसेकी उनलाई भोटको राजनीतिमा नगरवासीले कसरी लिन्छन भन्ने चुनौती कायमै छ। किनकी उनका अगाडि कमजोर उम्मेदवार छैनन्।

अर्को चुनौती भनेको– उनको सचिवालय। सिर्जनाको चुनाव जित/हारको निर्धारण गर्ने महत्वपूर्ण फ्याक्टर भनेको उनको ‘कोर टिम’ पनि हो। टिमले कसरी काम गर्छ भन्नेमा ठुलो महत्व छ। तर, सिर्जनाको टिम उनलाई जिताउँने भन्दा पनि सिद्याउँने रणनीतिमा लागेको स्रोतको दावी छ। सचिवालयमा रहेका नेविसंघका पूर्वप्रवक्ता यूपि लामिछाने सिर्जनाका लागि प्रत्युत्पादक बन्न सक्ने धेरैको अनुमान छ।

लामिछाने सिर्जनाका पति प्रकाशमान सिंह श्रेष्ठका पिए हुन। उनले प्रकाशमानसँग रहेर कुनै उल्लेख्य काम गरेनन्, वरु सचिवालय नै ध्वस्त पारेको आरोप छ। प्रकाशमानको राजनीतिमा धमिरा लगाएर अव सिर्जनालाई पनि सिद्याउने खेलमा लामिछाने लागेको कांग्रेस निकट श्रोतले जनाएको छ।

स्रोतका अनुसार लामिछानेले काठमाण्डौ–७, चावहिलमा ‘रेडियो काठमाण्डु’ नामको एफएम चलाएका छन्। त्यो पनि उनको ब्यवहार र कार्यशैलीका कारण ‘कोमा’ मा छ। सिर्जनाले मेयरमा उम्मेदवारी दर्ता गराएपछि उनले ठुला र चर्चित भनिएका मिडियामा पैसा बाँड्ने र प्रोपोगाण्डा चलाउने गरिरहेका छन्।

लामिछानेले साना मिडिया र शुभचिन्तकलाई सिर्जनासँग टाढा राखेको गुनासो छ। फोन नउठाउने र अरुलाई ‘भ्यालु नगर्ने’ उनको स्वभावका कारण त्यसको असर सिर्जनालाई परेको छ। उनले नागरिक र सिर्जनाकाबीचमा सेण्डिकेट खडा गरेको आरोप छ। 

उनले सिर्जनालाई घेरवन्दीमा पारेर भ्रममा राखेको कांग्रेसीहरु नै वताउँछन् । उसो त लामिछाने जनाधार भएका र राजनीति वुझेका ब्यक्ति भने होईनन्। ०७८ मंसिरमा भएको कांग्रेसको आन्तरिक प्रतिस्पर्धामै लामिछाने महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए।

काठमाडौं क्षेत्र नं. २ मा उपेन्द्र कार्की समूहले लामिछानेलाई पराजित गरेको थियो। ५१७ मतमा लामिछानेले जम्मा २०७ मत पाएका थिए । 

सिर्जना सिंह

विशेष