News

आचारसंहिताको धज्जी उडाउँदै गृहमन्त्री खाँड र मन्त्री झाँक्री चुनावी प्रचारमा

आचारसंहिताको धज्जी उडाउँदै गृहमन्त्री खाँड र मन्त्री झाँक्री चुनावी प्रचारमा

गृहमन्त्री बालकृष्ण खाण बुधवार चुनावी प्रचारका क्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिका पुगेका छन् । तिलोत्तमा नगरपालिकाको मेयर उम्मेदवार वनेका सहोदार भाइ रामकृष्ण खाँणको चुनावी प्रचारका लागि उनी त्यहाँ पुगेका हुन।

मंगलबार रुपन्देही पुगेका खाँड वुधवार निर्वाचन आचारसंीहता उलंघन गर्दै तिलोत्तमामा विभिन्न चुनावी अभियानमा सहभागी भएका हुन् । उनका भाइ रामकृष्ण कांग्रेस र माओवादीको गठबन्धनका उम्मेदवार हुन् ।

खाणले बुधबार तिलोत्तमा नगरपालिका–८ मा आयोजित कांग्रेसको चुनावी कार्यक्रमलाई सम्बोधन गरे। गृहमन्त्रीको हैसियतमा सरकारी गाडी प्रयोग गरेर झण्डा हल्लाउँदै उनी चुनाव प्रचार अभियानमा सहभागी भए। 

तर, उम्मेदवार वा कुनै राजनीतिक दलको चुनाव प्रचारमा संघ वा प्रदेश सरकारका मन्त्री वा स्थानीय सरकारका जनप्रतिनिधि सहभागी हुन आचारसंहिताले रोक लगाएको छ ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले सरकारका मन्त्री कुनै दल वा उम्मेदवारको पक्षमा चुनाव प्रचारमा लागे त्यो आचारसंहिताविपरीत हुने बताए ।

यसअघि तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरे आचारसंहिताविपरीत एमालेको चुनावी कार्यक्रममा सहभागी भएको भन्दै कांग्रेस कार्यकर्ताले निर्वाचन आयोगमा उजुरी दिएका थिए । उजुरीपछि घिमिरेसँग आयोगले स्पष्टीकरणसमेत सोधिसकेको छ ।

तर घिमिरेले पनि आफूले सरकारी सुविधा फिर्ता गरिसकेको भन्दै चुनावी कार्यक्रममा नगर प्रमुखको हैसियतमा सहभागी नभई दलीय हैसियतमा सहभागी भएको बताए । उनी एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् ।

यसअघि सहरी विकास मन्त्री रामकुमारी झाँक्री पनि निर्वाचना आचारसंहिता विपरित चुनावी कार्यक्रममा सहभागि भएकी थिईन। उनले गुल्मीको मुसिकोट–४ देउरालीमा आयोजित चुनावी सभामा भाग लिईन। यो नगरपाकिलामा नेकपा एसले उपमेयर पाएको छ।

गठबन्धनबाट मुसिकोटमा मेयरमा नेपाली कांग्रेसका हरिनारायण सापकोटा र उपमेयरमा नेकपा एसका श्रीराम महत चुनावी मैदानमा छन् ।
 

आचारसंहिता

विशेष