News

देउवालाई पौडेलको चेतावनीः राज्यको ढुकुटी सकेर हप्काउन नआउनोस

देउवालाई पौडेलको चेतावनीः राज्यको ढुकुटी सकेर हप्काउन नआउनोस

भरतपुर महागनरपालिकाका मेयरका उमेदवार जगन्नाथ पौडेलले राज्यको ढुकुटी सकेर आफुलाई नहप्काउन कांग्रेस सभापति शेरवहादुर देउवालाई चेतावनी दिएका छन् । हेलिकोप्टर सयर गरेर आउने अनि आफुलाई हप्काउने योजना अनुसार भरतपुरमा आमसभा राखिएको भन्दै उनले आपत्ति समेत जनाए ।

मनोनयन दर्ता गरेको भोलिपल्टदेखि बर्बाद भयो फिर्ता लिइदिनुप¥यो भनेर लगातार फोन आएको भन्दै उनले गठबन्धन संविधान विरुद्ध भएकाले आफुले त्यसको विरोध गरेको वताए । ‘हरेक ठाउँमा गठबन्धन गरेपछि कहीँ श्रीमतीलाई कहीँ बुहारी र कहीँ छोरीलाई दिने विषयको मैले विरोध गरेको हो।’– उनले भने।

पौडेलको विरुद्धमा भरतपुरमा जनसभा गर्न लागेकोमा आपत्ति जनाए। ‘मलाई हप्काउन र तर्साउन हो, आमसभा जनताको हितमा छैन । त्यस्तो अभ्यास सकिनुपर्छ । भोलिको आमसभामा नजानुहोस् । राज्यको ढुकुटीबाट हेलिकोप्टर चढेर आएर स्वतन्त्र उमेदवारविरुद्ध उभिन पाईदैन।’

उनले नेताहरुलाई ‘तपाईं नेता हो तर पृथ्वीनारायण शाह होइन, तपाईंको हैकम चल्दैन विधान नेतृत्वले पनि मान्नुपर्छ’ भन्दै लोकतन्त्र कसैको कुर्सीको संरक्षणका लागि नआएको वताए । 

६० हजार मत भएको पार्टी कांग्रेसले २० हजार मत भएको पार्टीलाई अघिल्लोपल्ट नेता मानेपछि यसपल्ट नैतिकताको आधारमा कांग्रेसले भाग पाउनु पर्नेमा त्यसो नभएको पौडेलको गुनासो छ। ‘अब भोलि पनि चाहियो ? हामी दास हो ? यहाँका नेता कार्यकर्ताले सधैं माओवादीलाई भोट दिने हो ?’ उनले भने


 

जगन्नाथ पौडेल

विशेष