निर्वाचन आचारसंहिता उलंघन गर्दै चुनावी कार्यक्रममा मन्त्री झाँक्री

सहरी विकास मन्त्री रामकुमारी झाँक्री चुनावी सभालाई सम्वोधन गर्न गुल्मी पुगेकी छिन्। उनी मंगलवारै गुल्मी पुगेकी हुन। मुसिकोट नगरपालिकामा आयोजित चुनावी सभालाई सम्वोधन गर्न उनी त्यहाँ पुगेको जनाईएको छ।
निर्वाचन आचार संहिता अनुसार प्रधानमन्त्रीसहित कुनै पनि मन्त्रीले उम्मेदवारका लागि भोट माग्न पाईदैन। तर, झाँक्री प्रचार प्रसार र भोट माग्नकै लागि गुल्मी पुगेकी हुन। उनले आचारसंहिता उल्लंघन गर्दै मंगलवार पनि गुल्मीको चुनावी सभालाई सम्वोधन गरिन्।
मुसिकोट–४ देउरालीमा उनले चुनावी सभामा भाग लिएकी हुन् । जहाँ कांग्रेस नेता चन्द्र भण्डारीसमेत थिए। यो नगरपाकिलामा नेकपा एसले उपमेयर पाएको छ।
गठबन्धनबाट मुसिकोटमा मेयरमा नेपाली कांग्रेसका हरिनारायण सापकोटा र उपमेयरमा नेकपा एसका श्रीराम महत चुनावी मैदानमा छन् ।