News

सिर्जना भाउजुलाई सिध्याउने खेलमा युपी, पत्रकारलाई थर्काउदै गरे घिनलाग्दो ब्यवहार

सिर्जना भाउजुलाई सिध्याउने खेलमा युपी, पत्रकारलाई थर्काउदै गरे घिनलाग्दो ब्यवहार


नेपाली कांग्रेसबाट काठमाण्डौं महानगरपाकिलाकाकी मेयर उम्मेदवार सिर्जना सिंहलाई चुनाव प्रचार–प्रसार गर्न भ्याईनभ्याई छ। उनका अगाडि चुनौतीका पहाड छन् । सवै क्षेत्रबाट सहयोग र सदभाव नपाए परिणाम जस्तो पनि आउन सक्ने अवस्था छ। 

सिर्जना विरुद्ध नेकपा एमालेका उम्मेदवार केशव स्थापित प्रतिस्पर्धामा छन्। पूर्व मेयर र पूर्वमन्त्री समेत रहेका स्थापित आफैमा ‘हेभी वेट’ उम्मेदवार हुन। अर्कोतर्फ युवा पुस्ताको ढुकढुकी वन्दै गएका बालेन शाह सिर्जनका लागि चुनौती बन्न सक्छन्। प्रतिस्पर्धी आफुभन्दा कमजोर नभएकाले सिर्जनालाई ‘कसरी अगाडि वढ्ने भनेर निर्णय गर्ने र बाटो देखाउने’ बलियो टिमको आवश्यक्ता छ।

तर, उनको टिमलाई महाधिवेसन प्रतिनिधि समेत हारेका र राजनीतिमा खासै लामो अनुभव नभएका युपी लामिछानेले चलाई रहेका छन्। सिर्जनको मिडिया क्षेत्रको कमाण्ड सम्हालेका लामिछाने फेसबुकमा पोस्ट शेयर गर्न मै मस्त छन् । 

एक पत्रकारका अनुसार उनले कांग्रेससँग आस्था राख्ने पत्रकार र मिडियालाई वेवास्ता गर्ने गरेका छन् । सुचना नदिएको र सिर्जनासँग भेट्न समेत नदिएको ति पत्रकारको आरोप छ। उनको असक्षमताको बारेमा समाचार आएपछि उनले पत्रकारलाई ‘कार्यालयमै आएर ठिक पार्ने’ आसयको धम्की दिएका छन्।

बोल्दा पनि एकदमै आक्रमक रुपमा प्रस्तुत हुने लामिछाने यस्तो किन लेखेको, उस्तो किन लेखेको, मैले महाधिवेशन हारेको वारेको समाचार किन लेखेको ? जस्ता प्रश्न गर्छन। उनको यही शैलीका कारण मिडियामा राम्रो पक्षको प्रचार हुन सकेको छैन। विपक्षीहरु प्रचार प्रचारमा सिपालु छन। लामिछाने भने लामो हात गरेर कम्युनिस्ट पक्षका पत्रकारहरुलाई पोसिरहेको कांग्रेसकै नेताहरु वताउँछन् ।

नेपाल आजले मंगलवार लेखेको समाचारमा पनि उनले असन्तुष्टि जनाएका छन्। उक्त समाचारले आफनो ब्यक्तिगत जिवनमा असर गरेको उनको दावी छ। सर्वप्रथमतः उनले आफु सिर्जनको मिडिया हेर्ने टिममै नरहेको दावी गरे। तर, आफुसँग सम्पर्कमा आएका सवैलाई उनको सम्पर्कमा पुर्याएको पनि बताए। ‘रेडियो काठमाण्डु’ नामको एफएम ‘कोमा’ मा पुगेको विषयमा पनि उनले चित्त दुखाए। ‘कसैले तलव पाएन की, के समस्या भएर कोमामा पुग्यो ?’ भन्दै उनले प्रश्न गरे। मिडियामा पैसा बाँडेको विषय पनि झुठो भएको भन्दै पुष्टि गर्न चुनौती दिए ।

उनले आफु महाधिवेशन प्रतिनिधिमा चुनाव हारेको विषय समाचारमा किन आयो भन्दै प्रश्न गरे। ०७८ मंसिरमा भएको कांग्रेसको आन्तरिक प्रतिस्पर्धामा लामिछाने महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए। काठमाडौं क्षेत्र नं. २ मा उपेन्द्र कार्की समूहले लामिछानेलाई पराजित गरेको थियो। ५१७ मतमा लामिछानेले जम्मा २०७ मत पाएका थिए । त्यस विषयको समाचारमा उनले ‘मैले चुनाव हारेको विषय अहिले किन चर्चामा ल्याउनु पर्यो ?’ भन्दै प्रश्न गरे।

तर, उनले जस्तोसुकै दावी र प्रश्न उठाएपनि ‘भाउजु–भाउजु’ भन्दै चाकरी/चुप्लुसी गर्ने र प्रचार भन्दा वढि कुप्रचार गरेको भन्दै कांग्रेस भित्रै असन्तुष्टि रहेको कतिपय नेता/कार्यकर्ता वताउँछन्।

सिर्जना सिंह

विशेष