News मनोरञ्जन

प्रधानमन्त्रीसँग नायिका खड्काको चाप्लुसीः मेरो त ब्लडमै कांग्रेस छ

प्रधानमन्त्रीसँग नायिका खड्काको चाप्लुसीः मेरो त ब्लडमै कांग्रेस छ

विश्वब्यापाी रुपमा फैलिएको कोरोना भाइरसले नेपाली चलचित्र क्षेत्र नराम्ररी प्रभावित भयो। त्यसमाथि नेपालमा पछिल्लो समय वढेको साउथ इन्डियन फिल्मको क्रेजले यो क्षेत्रलाई समस्यामा पारेको छ।

विश्व फिल्म क्षेत्रलाई प्रभाव पारेको साउथ इन्डियन फिल्मका कारण नेपाली फिल्म क्षेत्र अछुतो रहने कुरै भएन। अहिले साउथ इन्डियन फिल्मसँग आफ्नो प्रदर्शन मिति जुधाउन नेपाली फिल्ममेकरहरू डराइरहेका हुन्छन् ।

त्यसैले अहिले नेपाली कलाकारहरु प्राय फुर्सदिला छन् । काम नभएको मौका पारेर उनीहरु अहिले धमाधम राजनीतिमा छिरिरहेका छन् । मंगलवार मात्रै नेपाली कांग्रेस प्रवेश गरेका नायक भुवन केसीले त चलचित्र विकास वोर्डको दावी पनि गरिसके। यसअघि नेकपा एमाले प्रवेश गरेकी करिश्मा मानन्धरले जिम्मेवारी नपाए पार्टीमा वसिरहनुको औचित्य नहुने भन्दै बार्गेनिङ सुरु गरिसकेकी छिन् ।

यसैक्रममा मंगलवार नायक केसीसँगै अन्य दुई जना कलाकारहरु श्वेता खड्का र रविन्द्र खड्का पनि कांग्रेस प्रवेश गरे।  अभिनेत्री श्वेताले कांग्रेस प्रवेश गर्ने वित्तिकै आफू सक्रिय राजनीतिमा लाग्ने प्रतिक्रिया दिईन।

यतिमात्र होईन, ‘आफ्नो ब्लड नै कांग्रेस भएको’ भन्दै कांग्रेसप्रतिको आफनो लगाव दर्शाईन। आफ्नो परिवार नै कांग्रेस समर्थक भएको र बच्चा देखि नै कांग्रेसी माहौलमा हुर्किएको उनको भनाइ छ।

‘मेरो जन्म नै कांग्रेस फेमिलीमा भयो । मेरो बुवा, हजुरबुवा र सबै फेमिली कांग्रेस समर्थक हुनुहुन्छ । बच्चादेखि नै कांग्रेस माहौलमा हुर्किएको हो’ भन्दै खाँट्टि कांग्रेस भएको पुष्टि गर्न खोजिन। उनले अब आफू  सक्रिय राजनीतिमा लाग्ने र काममा समर्पित हुने बताइन्। उनले रगतमा कांग्रेस भएको वताएपनि दिमागमा के छ भन्ने कुरा चुहाएकी छैनन्। करिश्मा मानन्धर र भुवन केसीले झै डिमाण्ड गर्न थालेपछि उनको दिमागमा के छ भन्ने कुरा प्रष्ट हुने जानकारहरु वताउँछन्।

उनी मात्र होईन, पछिल्लो समय धेरै कलाकारहरु राजनीतिमा केन्द्रित हुन थालेको देखिएको छ। 
 

कलाकार श्वेता खड्का

विशेष