News

‘वम’ रहेको हल्लाले त्रिभुवन विमानस्थलमा हंगामा, यात्रुलाई वाहिर निकालियो

‘वम’ रहेको हल्लाले त्रिभुवन विमानस्थलमा हंगामा, यात्रुलाई वाहिर निकालियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको आशंकामा सर्वसाधारणलाई मुख्य गेट वाहिर निकालीएको छ। अज्ञात व्यक्तिले फोन गरेर शंकास्पद वस्तु रहेको जानकारी दिएपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको हो ।

अन्तर्राष्ट्रिय उडानहरु जारी रहे पनि आन्तरिक उडान बन्द छ । अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको जनाईएको छ । अज्ञात व्यक्तिले टेलिफोन गरी डोमेस्टिक टर्मिनलमा ५/६ वटा बम रहेको जानकारी गराएको विमानस्थलका एक अधिकारीले जानकारी दिए ।

यात्रुहरूलाई बाहिर निकालेर तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मीहरुले विमानस्थलमा सर्च गरिरहेको उनले बताए । नेपाली सेनाको बम डिस्पोजल टोली पनि विमानस्थलमा पुगेको छ ।
 

विशेष