News

एमालेको गाउँपालिका अध्यक्षका उम्मेदवार विरुद्ध पक्राउ पुर्जी

एमालेको गाउँपालिका अध्यक्षका उम्मेदवार विरुद्ध पक्राउ पुर्जी

एमालेबाट गाउँपालिका अध्यक्षका एकजना उम्मेदवार विरुद्ध वैंकिङ कसुर र दोहोरा नागक्तिा लिएको कसुरमा पक्राउ पुर्जी जारी भएको छ। ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्षका उम्मेदवार मिलन कुमार विष्ट (मनिष) विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

उनीविरुद्ध भक्तपुर जिल्ला अदालतले बैंकिङ कसुर तथा दोहोरो नागरिकता लिएको कसुरमा खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पक्राउ पुर्जी पठाएको प्रहरीले जनाएको छ।

लिखु गाउँपालिका–९ (साविकको पोकली गाविस) घर भएका उनीविरुद्ध २०७७ सालमा भक्तपुरमा मुद्दा दर्ता भएको थियो। तर, उनी फरार रहँदै आएका थिए । उनी पक्राउ भने परिनसकेको डिएसपी सुकदेव खनालले जानकारी दिए ।

विष्ट गाउँपालिकाको उम्मेदवार वनेपछि कांग्रेसका अध्यक्ष उम्मेदवार अशोक कार्कीले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका थिए । 
 

पक्राउ पुर्जी

विशेष