News

पाकिस्तानबाट यसरी आयो विमानस्थलमा ‘वम’ को धम्की

पाकिस्तानबाट यसरी आयो विमानस्थलमा ‘वम’ को धम्की

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘वम छ’ भन्दै आएको सुचना पाकिस्तानी नम्वरबाट आएको पाईएको छ। बुधबार बिहान त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको टर्मिनल ड्युटी अफिसर बस्ने कार्यालय टीडीओ कार्यालयमा पाकिस्तानी नम्बरबाट फोन आएको थियो।

फोनमा नेपालको विमानस्थलका ३ ठाउँमा बम भएको र एक घण्टापछि पड्किने भन्दै थ्रेट गरिएको विमानस्थलका अधिकारीहरुले जानकारी दिएका छन् । उक्त फोनपछि एक घण्टाभन्दा बढी समयदेखि आन्तरिक उडानतर्फका सबै उडान बन्द गरिएको छ भने सवै यात्रुलाई मुल गेटवाट वाहिर निकालिएको छ। 

यसअघि बिहानको समयमा पनि विमानस्थलमा रहेका मानिसहरू भागाभाग भएको थियो। त्यसलगत्तै विमानस्थलमा बम डिस्फोजल टोली खटाएर अनुसन्धान गरिएको हो । साथै अहिले उक्त टेलिफोनबारे अनुसन्धान भईरहेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

कल आएपछि १० बजेपछि नै आन्तरिक उडान रोकिएको थियो ।
 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

विशेष