News

कमल थापालाई मन्त्री आलेको दनकः राजनितिक धर्म परिवर्तन गर्नेले नखोकम

कमल थापालाई मन्त्री आलेको दनकः राजनितिक धर्म परिवर्तन गर्नेले नखोकम

राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्ततको डढेलो रोक्न कुनै पनि राजनीतिक दलले चुनावी मुद्दा नवनाएकोमा चिन्ता ब्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरबाट उनले यस्तो चिन्ता ब्यक्त गरेका हुन ।

धर्मपरिवर्तनको डढेलो डरलाग्दो रुपमा फैलिरहेको छ। कसैले पनि यो विषयलाई चुनावी मुद्दा बनाएका छैनन्। संविधानले निषेध गरेको संगठित धर्मपरिवर्तन आफ्नो पालिकामा रोक्छौ भन्ने प्रतिवद्धता समेत कुनै दलले व्यक्त गरेनन्’ उनले लेखेका छन्–‘सनातन धर्म नासियो भने पहिचान र एकता कमजोर हुन्छ भन्ने हेक्का कसैलाई भएन।’

धर्म निरपेक्षताको आडमा योजनाबद्ध र संगठित ढंगले धर्म परिवर्तन गराउने काम भइरेहेको थापाले वताउँदै आएका छन् । उनले यस विषयमा पटक पटक सरकारको ध्यानार्षण पनि गराएका छन् ।

‘गाउ गाउमा संगठित ढंगले धर्म परिवर्तन गराउने काम भइरहेको छ। हिन्दु, आदीबासी, जनाजाती र दलितलाइ धर्म परिवर्तन गराउन प्रलोभनमा परिएको छ’ उनले भन्ने गरेका छन्–‘जताततैबाट संकट उत्पन्न गराएर देशलाइ धार्मीक र साम्प्रदायिक द्वन्दमा फसाउने काम भइरहेको छ।’

थापाको यो भनाईको संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले आलोचना गरेका छन् । उनले धर्मलाई फोहोर राजनीतिको भाँडो वनाएको भन्दै थापाको आलोचना गरेका छन् । ‘ गीताको कÞसम तोडेर, चुनाव हारेर, धर्मलाई फोहोर राजनीतिको माँगी खाने भाँडो बनाएर राजनितिक धर्म परिवर्तन गर्ने हरुले नखोकम’– आलेले लेखेका छन् ।

 

कमल थापा

विशेष