News

सामाजिक सञ्जालमा भाईरल ‘म्यादी प्रहरी’ पक्राउ

सामाजिक सञ्जालमा भाईरल ‘म्यादी प्रहरी’ पक्राउ

म्यादी प्रहरीको पोशाक दुरुपयोग गरी कानुनले वर्जित गरेको काम गर्न उक्साएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले म्यादी पोशाक दुरूपयोग गरेको भन्दै बाणगंगा नगरपालिका–१ पिपरा बस्ने १६ वर्षीय किशोर नवराज रेग्मी र उनका दाई पूरण भट्टराई छन्। रेग्मी म्यादी प्रहरी होइनन्। तर उनका फूपूका छोरा (दाई) १९ वर्षीय पुरण म्यादी हुन्। 

भट्टराई नभएको बेलामा ती किशोरले पोशाक लगाएर दुरूपयोग गरेको प्रहरीको जनाएको छ। ‘म्यादी प्रहरीको पोशाक दुरूपयोग गरेको कसुरमा दुवैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई प्रहरीले सोमबार पक्राउ गरेको कपिलवस्तुका प्रहरी प्रमुख दानबहादुर कार्कीले वताए। 

केही दिन अघि उनले म्यादीको पोशाक लगाएर सेल्फी भिडिओ खिचेर सामाजिक सञ्जालमा राखेका थिए। उक्त भिडियोमा उनले भनेका छन्,‘सागर बसन्ते किस्नेहरू अब नडरा! किन डराछस्। अब तेरो दाई मिदी भइसक्या छ नी त।’

केही दिनअघि म्यादी प्रहरीको पहिरनमा टिकटक बनाएकी एक युवतीलाई प्रहरीले कारबाही गरेको थियो। 
 

विशेष