News

तिर्थयात्रीको वस र टाटासुमो दुर्घटना हुँदा वालकसहित ५ को मृत्यु

तिर्थयात्रीको वस र टाटासुमो दुर्घटना हुँदा वालकसहित ५ को मृत्यु

काभ्रेमा तिर्थयात्री बोकेको बस र टाटासुमो ठोक्किँदा बुधवार एक बालकसहित पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन् ।

काठमाडौँबाट भारततर्फ जाँदै गरेको तीर्थयात्री बोकेको यूपी ५८३ बी ८१८१ नम्बरको वस र सिन्धुलीबाट काठमाडौँतर्फ आइरहेको बा१च ४२१० नम्बरको टाटा सुमो वीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका ११ मा ठोक्किएका थिए ।

दुर्घटना हुँदा एक जना बच्चासहित पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हरि खतिवडाले जानकारी दिए। मृत्यु हुनेमा रामेछापकी ३५ वर्षीया सम्झना भुसाल र उनको ७ वर्षीय छोरा संगित भुसाल, सिन्धुलीको कमलामाई–७ का ३१ वर्षीय बिक्रम श्रेष्ठ, कमलामाई–४ का ४५ वर्षीय हरिबहादुर बल र सुनकोशी–१ की ४४ वर्षीया प्रमिला नेपाली रहेका छन् । मृत्यु हुने सबै जीपमा सवार यात्रु हुन् ।

घाइते हुनेमा ८ जना जीपमा सवार र १० जना बसमा सवार तीर्थ यात्री रहेका छन् । घाइतेहरुलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याएको उनले बताए ।
 

विशेष