News

रेणुलाई भरतपुरमा जिताए गठवन्धनलाई २० वर्ष लैजाने प्रचण्डको बाचा

रेणुलाई भरतपुरमा जिताए गठवन्धनलाई २० वर्ष लैजाने प्रचण्डको बाचा

भरतपुरमा छोरीलाई मेयर जिताउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको अभिबादन शैली समेत फेरेका छन् । कांग्रेससँग चुनावी तालमेल गरेका दाहालले भरतपुरमा आज आयोजित चुनावी सभामा नेपाली कांग्रेसले प्रयोग गर्ने अभिबादनको शब्द ‘जय नेपाल’ नै प्रयोग गरे।

पाँचदलीय सत्ता गठबन्धनको भरतपुरमा जारी चुनावी सभामा सम्बोधन गर्दै उनले ‘जय नेपाल’ भन्दै मन्तब्य सुरु गरे। कम्युनिष्टहरुले अभिबादन गर्दा प्रायः लालसलाम वा अभिबादन भनेरै सम्वोधन गर्छन। तर, भरतपुरमा उनले ‘लालसलाम र जय नेपालको अभिवादन’ भन्दै आफना भनाई सुरु गरे।

उनले आफनो भनाईमा लालसलाम र जय नेपालको सम्बन्ध रहेको पनि पुष्टि गर्न भ्याए। यो सम्वन्ध २०४६ को जनआन्दोलनबाट सुरु भएको उनले जिकिर गरे। ‘लालसलाम र जय नेपालको सम्बन्ध थोरै सुरुवात ०४६ को जनआन्दोलनबाट भएको हो। ०४६ को जनआन्दोलन अगाडि पञ्चायतविरोधी संघर्षमा हुँदासम्म एकता र सहकार्यलाई बडो नकारात्मक ढंगले हेर्ने गरिन्थ्यो’– उनले भने।

उनले भरतपुरमा रेणु दाहालले मेयरमा नजिते देशै दुर्घटनामा जाने आसय ब्यक्त गरे। उनले रेणु दाहालको नाम त लिएनन् तर, ‘हँसिया हठौडामा रूखवालाले भोट हालिँदैन भन्यो भने देश दुर्घटनामा जान सक्छ’ भन्दै त्रास देखाए ।

०७४ मा रूखवाला (कांग्रेस) ले हँसिया हथौडामा भोट हाल्न असजिलो मानेपछि आफू वामगठबन्धन बनाउँदै एमालेसँग चुनावी तालमेलका लागि पुगेको स्मरण गर्दै उनले ‘हालिदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ। होइन यो राष्ट्र र जनताको आवश्यकता हो। लोकतन्त्रको आवश्यकता हो भनेर उत्साहपूर्वक रेनु दाहाल र चित्रसेन अधिकारीलाई भोट दिएर विजयी गराउने हो भने यो गठबन्धनलाई २० वर्ष लैजाने प्रतिवद्धता व्यक्त गर्दछु।’
 

पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष