News

भरतपुरमै देउवालाई प्रचण्डको धम्की, अर्को गठवन्धन पनि वन्न सक्छ

भरतपुरमै देउवालाई प्रचण्डको धम्की, अर्को गठवन्धन पनि वन्न सक्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरपुरमा पुगेर पनि नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई धम्की दिएका छन् । नेकपा एमालेका नेताहरु अहिले पनि माओवादीसँग गठवन्धन गर्न धाईरहेकाले हँसिया हथौडामा भोट नहाले कांग्रेसलाई छोड्ने चेतावनी दिए ।

‘एमालेका साथीहरु अहिले पनि मिलौँ भन्दै आएका छन। तर मैले हुन्न भनेको छु। म अहिले यही गठबन्धनलाई १५÷२० वर्षसम्म लैजाने योजनामा रहेको जवाफ दिएको छु’– उनले भने। दाहालले ०७४ को स्थानीय निर्वाचनमा भरतपुरमा कांग्रेससँग मिलेर जितेपछि एमालेसँग गठबन्धन गरेको स्मरण गराउँदै प्रचण्डले यदि हँसिया हथौडामा भोट नझरेमा अर्को गठबन्धन बन्न सक्ने संकेत गरे। 


उनले विगतमा पनि एमालेसँग गठबन्धन र पार्टी एकता गरेको स्मरण गर्दै यदि भरतपुरमा जित्ने अवस्था नआएमा नयाँ गठबन्धन बन्न सक्ने पनि उनले घुमाउरो चेतावनी दिए । दाहालको यो भनाईले नेपाली कांग्रेसका नेताहरु भने झस्किएका छन् ।

यो गठबन्धन राष्ट्रको आवश्यकता हो, लोकतन्त्र र विकासको आवश्यकता हो भनेर नबुझेर भोट हाल्नु भएन भने देश दुर्घटनामा जान सक्छ।

अभिवादन पनि फेरे
भरतपुरमा छोरीलाई मेयर जिताउन दाहालले पार्टीको अभिबादन शैली समेत फेरेका छन् । कांग्रेससँग चुनावी तालमेल गरेका दाहालले चुनावी सभामा नेपाली कांग्रेसले प्रयोग गर्ने अभिबादनको शब्द ‘जय नेपाल’ नै प्रयोग गरे।

‘जय नेपाल’ भन्दै उनले मन्तब्य सुरु गरे। कम्युनिष्टहरुले अभिबादन गर्दा प्रायः लालसलाम वा अभिबादन भनेरै सम्वोधन गर्छन। तर, भरतपुरमा उनले ‘लालसलाम र जय नेपालको अभिवादन’ भन्दै आफना भनाई सुरु गरे। उनले आफनो भनाईमा लालसलाम र जय नेपालको सम्बन्ध रहेको पनि पुष्टि गर्न भ्याए। यो सम्वन्ध २०४६ को जनआन्दोलनबाट सुरु भएको उनले जिकिर गरे।
 

विशेष