News

देउवा पत्नि आरजुको धम्कीः कांग्रेसको मेयर नभएका ठाउँमा पैसा दिदैनौं

देउवा पत्नि आरजुको धम्कीः कांग्रेसको मेयर नभएका ठाउँमा पैसा दिदैनौं

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले डडेल्धुरा पुगेर ‘कांग्रेसका मेयर नभएको ठाउँमा आफूहरुले पैसा नै नपठाउने’ धम्की दिएकी छिन् । उनले सरकारी ढुकुटी पनि आफनै खटनपटनमा चल्ने जसरी कांग्रेसले नजितेका ठाउँमा पैसा नपठाउने धम्की दिएकी हुन।

प्रधानमन्त्री देउवाले डडेलधुरामा केही दिनअघि ३१ करोड रुपैयाँ बजेट पारेको प्रशंग निकाल्दै उनले ‘जहाँ कांग्रेसको मेयर नै हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौं, त्यसैले यो कुरालाई ध्यान दिएर करुवा, सरुवा हरुवा पार्टीहरुलाई भोट नहाल्नुस् ।’

कांग्रेसका पूर्व जिल्ला सभापति कर्ण मल्ल पक्ष नेपाली कांग्रेस वीपीको नाममा करुवा चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा छ । मल्लले नेकपा एमालेसँग तालमेल गरेका छन् । मल्ललाई संकेत गर्दै राणाले भनिन्, ‘करुवाको नेता को हो ? मलाई पनि थाहा छैन । गुण्डालाई उठाएर म करुवा पार्टी भनेर तपाईंले पत्याउने ? पहिला चप्पल लगाउन पैसा नहुने विदेशमा घुम्छन । टिकटक बनाउँछन ।’

कांग्रेस सभापति देउवाकै गृह जिल्ला डडेलधुरामा कांग्रेसमा किचलो बढेपछि मतदाता रिझाउन राणा बुधबार डडेलधुरा आइपुगेकी हुन् । राणाको यो अभिब्यक्ति पछि उनको तिव्र आलोचना हुन थालेको छ। उनले सरकारको ढुकुटीलाई माईतीबाट पेवा ल्याए जस्तै सोचेर जनतालाई नै धम्की दिएको भन्दा सामाजिक सञ्चालनमा आलोचना भईरहेको छ। 
 

विशेष