News

माकुने पार्टी अँघेरीको पात हो, माधवको नाम लिएपछि मुख कुल्ला गर्छुः ओली

माकुने पार्टी अँघेरीको पात हो, माधवको नाम लिएपछि मुख कुल्ला गर्छुः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भाषणकलामा निपुण छन्। उनको अभिब्यक्तिले विरोधीलाई मर्ममै प्रहार गर्छ। प्राय उनी उखान टुक्का, पुराना कथा र झर्रो शब्दको प्रयोग गर्छन। त्यसैले उनका भाषणले मान्छेको मनमा च्वास्छ छुन्छ।

तर, यही शैलीका कारण उनी कहिलेकाही विवादमा पनि पर्छन। जसरी उनले मधेश आन्दोलनलाई लक्षित गरेर ‘माखे साङ्लो’ र ‘दुई÷चार वटा आँप झर्छन’ भने अनि गणतन्त्रलाई लक्षित गरेर ‘वयल गाढा चढेर अमेरिका पुगिँदैन’ भने। यी र यस्ता अभिब्यक्तिले ओली विवादमा परे। ति अभिब्यक्तिले अहिले पनि उनको पिछा छोडेको छैन।

अहिले फेरी उनको एउटा अभिब्यक्ति चर्चामा छ। माधव नेपाललाई ‘कामै नलाग्ने मान्छे’को रुपमा प्रश्तुत गर्न जुन शब्द र वाक्यको प्रयोग गरे, त्यसले अहिले सामाजिक सञ्चालनमा उनको तिव्र चर्चा भईरहेको छ। नेकपा एमाले मकवानपुरले वैशाख १८ गते हेटौंडामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने– ‘माधव नेपालको नाम लिएर, म एकछिनपछि मुख कुल्ला गर्छु। त्यस्ताको नाम किन लिने ? देशका कुलंघारहरु। अन्तरघाती, अन्तरध्वंसीहरु। त्यस्ताको नाम किन लिनु।’

माधवुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीलाई उनले ‘अँघेरी’ को संज्ञा दिए। ‘माकुने पार्टी भनेको अँघेरीको पात हो। मैले अलि सानामा गोठाले पनि गर्थे तपाईहरुलाई थाहा होला। कहिले–कहिले वाख्राले, गाईको वाछाले, कहिले–कहिले गाईले अँघेरी भन्ने झार हुन्छ। जो विष हुनछ। झुक्किएर मुखमा हालिहाल्छ’ उनले भने–‘यसो चपाएपछि हतार–हतार त्यसलाई निकाल्छ मुखबाट। माकुने पार्टी त्यस्तै हो। अँघेरीको पात झुक्किएर मुखमा पर्यो भने श्रीधर पोखरेलजी जस्तै हतार–हतार घ्वाक–घ्वाक पारेर छोडदिइ हाल्नु पर्छ र एमालेमा फर्किनु पर्छ।’ 

प्रचण्डको महान जनयुद्ध छोरीलाई मेयर र वुहारीलाई मन्त्री वनाउन
यतिमात्रै होईन, उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ठेकीको विर्को भन्दै माओवादी पार्टीको उदेश्य र गन्तब्य नै नरहेको दावी गरे। ‘यो पार्टीको कुनै उदेश्य छैन, कुनै गन्तब्य छैन। महान जनयुद्ध के–के भनेर युवाहरुलाई उचालेर । अनेक वलिदान गर्न लगाएर, मान्छेलाई अंगभंग वनाएर, मान्छे मराएर, अनेकलाई विधुवा वनाएर, अनेकका काख रित्याएर प्रचण्डले। ५ हजार मात्रै मैले मार्या हुँ, त्यसको मात्रै म जिम्मा लिन्छु भने। ५ हजार त मारेका रहेछन त। उनकै भनाई अनुसार’ उनले भने–‘५ हजार किन मारेको रहेछ भन्दा..., किन मारेको रहेछ ?’

प्रचण्डको महान जनयुद्ध छोरीलाई मेयर वनाउन, वुहारीलाई सांसद र मन्त्री वनाउन अनि परिवारका सवैलाई पदमा पुर्याउन मात्रै रहेछ भन्ने कुरा पुष्टि भएको वताए । ‘उनी हरेक पार्टीमा जाँदा भरतपुरमा मेरी छोरीलाई मेयर दिन्छौ की दिदैनौ भनेर त्यही सर्त लिएर जान्छन्। पहिलीपल्ट पनि मकहाँ आएका थिए, मेरी छोरीलाई मेयर दिनेकी नदिने ? मैले तपाईकी छोरीलाई मेयर मिल्दैन भनेपछि कांग्रेस कहाँ गए कांग्रेसबाट मेयर लिए’ ओलीले भने–‘अहिले पनि अर्थ त्यही हो, अन्त केही छैन। अव संसदिय निर्वाचन आएपछि आफु एक ठाउँबाट, वुहारी एक ठाउँबाट। दुईटा कुरा उनले माग्छन्। त्यति हो। अरु कार्यकर्ता विचरा, थोरै भएका पनि। थोरै दुई चार जना भएका पनि हेरेर वस्छन् विचरा। यत्रो वलिदानबाट आएको, यत्रो मान्छे मराएर, सपनाहरु देखाएर, आएर अहिले त, के रहेछ सपना भन्दा छोरीलाई मेयर चाहियो, वुहारीलाई सांसद र मन्त्री चाहियो। भतिजालाई अर्को चाहियो, भाईलाई राष्ट्रिय सभा चाहियो। ज्वाईलाई अर्को चाहियो, यत्ति रहेछ विचराको राजनीति।’ 

प्रधानमन्त्रीमाथि हमला
ओलीले नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरवहादुर देउवालाई पनि दाहाल र नेपाललाई झै समेटे। ‘यस पल्ट, यसपल्ट। हाम्रा प्रधानमन्त्रीजी भारत जानु भो। भारत जानु भो। के गरेर आउनु भो त? वहाँले के भन्नु भो नेपाली जनतालाई फर्केर आएपछि ? मैले के गरें भन्नुभो? मेरो समयमा त मैले यो गरें, यो गरें, यो गरें, यो गरें... भनेर भनेको थिएँ त। अहिले त प्रधानमन्त्री जानु भो, आउनु भो।’ उनले भने। 

गठवन्धन एमालेले सोत्तर पार्छ
उनले गठवन्धनको पनि आलोचना गर। अहिलेको चुनाव चुनाव मात्रै नभएर देश जोगिने की नजोगिने भन्ने लडाई भएको ओलीको भनाई छ। ‘हामी सामान्य चुनावी अभियानमा सरिक भईरहेका छैनौ। यो नेपाल जोगिनेकी नजोगिने लडाई हो। यो लडाई, यो चुनाव मात्रै होईन, नेपाल जोगिने की नजोगिने...। अहिले राजनीति दुई भागमा बाँडिएको छ, एमाले र पाँच दलिय गठवन्धन। अहिले नेपालमा निर्वाचन आयोगमा को–को दर्ता भए केही अर्थ छैन। अहिले नेपालमा दुईटा पार्टी छन्, एमाले एकातिर, गठवन्धन अर्कातिर। जम्मा दुईटा छ। गठवन्धन किन चाहियो ? वहाँहरु त्रसित हुनुहुन्छ, आतंकित हुनुहुन्छ एमालेसँग त्यसकारण गठवन्धन चाहियो।’ 

तर, गठवन्धनले पनि एमालेलाई केही गर्न नसक्ने भन्दै उनले चुनौती दिए । ‘वहाँहरुलाई गठवन्धन गरेर...। तपाईहरुको पालिकामा गठवन्धन गरेको हुनसक्छ, यहाँ हेटौडामा। यही हेटौडामा गठवन्धन गरेको हुनसक्छ। त्यसको चिन्ता नगर्नुहोस। किन गठवन्धन गरे भन्दा एमाले यसो हेरे, एक्लै आँट आएन, अनिखेरी...। एक्लै आँट आएन मिलेर...। मिलेर पनि पार लाग्दैन। गठवन्धन गरेर पनि पार लाग्दैन। पाँचै जनाले पार लाग्दैन’ उनले आफनै निर्वाचन क्षेत्रको उदाहरण दिदै भने–‘दमकमा, मेरो निर्वाचन क्षेत्रमा पाँच दलिय गठवन्धन होईन, ज्ञानेन्द्र शाह समर्थक राप्रपासहितको गठवन्धन, ६ दलिय गठवन्धन छ। मैले भन्याछु, अरु पनि कोही भेटिन्छ भने लिएर आउनु ।’ 

मैले अगाडि पनि भनेको थिए भन्दै उनले भने‘नेकपा एमाले ‘वान टु वान’ भनेर बोलाउने होईन। एमालेले विरोधीलाई ‘वान टु वान’ आउ भनेर भन्दैन,’ दुवै हातको हिसाराले आफु तर्फ आउने संकेत गर्दै उनले भने–‘आउ ..., जति छ आउ। देशभरीका प्रतिक्रियावादीहरु, जनविरोधीहरु, देशद्रोहीहरु, राष्ट्रघातीहरु, भ्रष्टाचारीहरु मोर्चा कसेर आउ, एकै ठाउँ सोत्तर एमालेले वनाउँछ।’

उनले अगाडि भने– हाम्रो विस्वास मुद्दा लडेर सरकार वनाउने होईन, जनताको भोटले, जनताको विश्वासले, जनताले हाम्रो टाउकामा राखेको हाताको आशिर्वादले, त्यसले सरकार वनाउने कुरामा हामी विश्वास गछौं। हामी जनताको भोटले सरकार वनाउँछौं। मुद्दा लडेर होईन। कहाँ कहाँ मुद्दा लडेर... ५ दलिय गठवन्धनलाई म सोध्न चाहान्छु, कहाँ कहाँ मुद्दा लडेर तिमरु सरकार वनाउँछौ। केन्द्रमा त ल ठिकै छ, त्यही गर्यौ। गठवन्धन गरेर, ५ वर्ष अगाडिको समिकरणमा धोका दिएर, वैमानी गरेर, हाम्रा मतहरुमाथि खेलेर अहिले केही सरकार वनाएका छन् ।

एउटा नेताले केपी ओली...१ हु इज केपी ओली ? तपाईहरुले हेर्नभयो होला। हु इज केपी ओली ? पख्नोस, हु इज केपी ओली भन्ने नेताले, ३० गतेको चुनावपछि जनताले तपाईलाई जवाफ दिन्छन, हु इज केपी ओली। हु इज एमाले ? वहाँले हु इज एमाले भन्या हो त्यो। हु इज भन्ने कुरा, एमाले भनेको जनताको पार्टी हो। एमाले भनेको यस देशका ज्येष्ठ नागरिकले मन पराउने, आशिर्वाद दिने पार्टी हो। त्यस कारण देशभरीका ज्येष्ठ नागरिकहरुको आशिर्वाद एमालेसँग छ। 

विशेष