News

बझाङमा आत्महत्या गर्न रुखमा झुण्डिएका एक जनालाई प्रहरीले बचायो

बझाङमा आत्महत्या गर्न रुखमा झुण्डिएका एक जनालाई प्रहरीले बचायो

जयपृथ्वी नगरपालिका वडा नम्बर ११ घर भएका एक जनाले आत्महत्या प्रयास गरिरहेको अवस्थामा बझाङ प्रहरीले उद्धार गरेको छ । 

नगरपालिकाको वडा नम्बर ११ को पिठालेक घर भएका बर्ष ३५ का देव बहादुर थापाले आज दिउसो आत्महत्या गर्न सल्लाको रुखमा गई  झुण्डिदै गरेको  देखेपछि तत्काल प्रहरीले उनलाई बचाएको थियो । 

उनी चैनपुरबाट पिठालेक जाने बाटोका नजिकै रहेको सल्लेरीको सल्लाको रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए । यस्तो अवस्थामा फेला परेपछि ज्ञानबहादुर विष्टको टोलीले तत्काल उद्धार गरेर जिल्ला अस्पताल लगेको थियो । 

डिएसपी ज्ञानबहादुर बिष्टले भने, 'तत्काल ज्यान जानबाट बचाउन सफल भएकाछौँ । उनी दिउँसो ३ः३० बजेको समयमा यस्तो अवस्थामा भेटिएका थिए । तत्काल ज्यान जानबाट बाचाउन सफल भएकाछौँ । उनी दिउँसो ३ः३० बजेको समयमा यस्तो अवस्थामा भेटिएका थिए । अहिले उनको जिल्ला अस्पतालमा उपचार भईरहको छ । उनको स्वास्थ्य अवस्था सामान्य  छ । के कति कारणले आत्महत्या प्रयास गरेका हुन् थप जानकारी आउन बाँकी छ ।'

विशेष