News

नेपाललाई ‘मिसाइल हान्ने’ धम्की दिएका प्राध्यापक झालाई चीनियाँ पुरस्कार

नेपाललाई ‘मिसाइल हान्ने’ धम्की दिएका प्राध्यापक झालाई चीनियाँ पुरस्कार

नेपाल–चीन सिमा समस्यामा चीनको पक्षपोषण गर्दै मिसाईल हान्ने धम्की दिएका नेपाली प्राध्यापक डा. राजीवकुमार झा चीनमा पुरस्कृत भएका छन् । चीनको साङ्सी प्रान्तीय सरकारले झालाई सन् २०२२ को ‘सान छिन फ्रेण्डसीप अवार्ड’ प्रदान गरेको छ ।

यो अवार्ड साङ्सी सरकारको सबैभन्दा ठूलो अवार्ड हो। उक्त प्रान्तमा रहेर चीनको आर्थिक, सामाजिक, विज्ञान प्रविधि, स्वास्थ्य, संस्कृतिको विकासका साथै चीनसँग आ–आफ्नो देशको अन्तर्राष्ट्रिय सम्बन्धमा योगदान पु¥याउने विज्ञहरुलाई सरकारले यो अवार्ड प्रदान गर्ने गरेको जनाईएको छ।

सन् १९९९ देखि हरेक २ वर्षमा प्रदान गरिने यो अवार्डबाट यस वर्ष झासहित संयुक्त राज्य अमेरिका, बेलायत, क्यानाडा, रुस, जर्मनी, दक्षिण कोरिया, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड्स र सर्वियाका १० विशिष्ट व्यक्ति सम्मानित भएका छन् । उक्त अवार्ड प्राप्त गर्ने झा पहिलो नेपाली हुन।

दुई दशकभन्दा लामो समयदेखि चीनको सियानमा रहेका झा सियान मेडिकल युनिभर्सिटीमा प्राध्यापन र अनुसन्धान गर्दै आएका छन। यसअघि सन् २०१८ मा पनि उनलाई सियान सरकारले सियान फ्रेण्डसिप अवार्ड प्रदान गरेको थियो । 

पित्तथैलीको क्यान्सरको प्रकोप कम गर्ने विषयमा चिनियाँ विश्वविद्यालयबाट विद्यावारिधि र त्यसपछि विद्या वाचस्पति (पोस्ट डक) पूरा गरी सियान विश्वविद्यालयमा प्राध्यापनरत झाको नाममा सियान प्रान्तीय सरकारले ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीव कुमार झा’ स्थापना गरेको छ ।

साङ्सी प्रान्तीय सरकारले झालाई नागरिक दूत एवं चिनियाँ बृहत आयोजना ‘वान वेल्ट वान रोड’ सम्बन्धी नेपालमा सञ्चालन गरिने सम्पूर्ण कार्यक्रम हेर्ने दूतका रुपमा पनि नियुक्त गरेको थियो । झाले नेपाल र चीनका विचमा देखिएका समस्यामा विशेष चासो राख्ने र चीनको पक्षबाट वकालत गर्ने गरेका छन्। नेपालबाट पत्रकार र नेताहरुको टिमलाई चीन भ्रमण गराउने काममा पनि झाको भुमिका हुने गरेको छ। 

०७७ असोजमा हुम्लाको नाम्खा गाउँपालिका–६, चीनले नेपाली भूमी मिचेर भौतिक संरचना वनाएको विषय उठेपछि सीमामा समस्या नरहेको पुष्टि गर्न उनै झा सकृय भएका थिए । त्यहाँको वस्तुस्थिती वुझन पुगेको ‘नेपाल आज’को टिमका एक जना सदस्यलाई फोन गरेर ‘चीनले भूमी मिचेको भनेर नेपाल सरकारले पुष्टी गरे चीनले मिसाईल हान्छ’ भन्दै धम्क्याएका थिए। 

यो पनि,
नेपाल सरकारले सीमा अतिक्रमण भएको पुष्टी गरे चीनले मिसाइल हान्ने धम्की

चीन सीमा समस्या राजिव झा

विशेष