News

प्रचण्डको नजरमा महिला भनेका नेताका छोरी/वुहारी मात्र !

प्रचण्डको नजरमा महिला भनेका नेताका छोरी/वुहारी मात्र !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महिला उम्मेदवारहरुलाई छोरी र श्रीमतीको रुपमा प्रचार गरेको भन्दै असन्तुष्टि जनाएका छन् । देशभर उम्मेदवार वन्न सक्ने महिला नेताका छोरी र श्रीमती मात्रै रहेझै गरी उनले यस्तो असन्तुष्टि जनाएका हुन।

सत्ता गठबन्धनले काठमाडौं महानगरपालिकामा कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंह र भरतपुरमा माओवादी केन्द्रका अध्यक्ष दाहालकी छोरी रेनु दाहाललाई उम्मेदवार बनाएको छ । 

सत्तारुढ गठबन्धनले शुक्रबार काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले कसैको छोरी र श्रीमतीका रुपमा प्रचार गर्नु महिलाहरुको अपमान भएको बताए। ‘दुई मेयरका प्रत्यासीबारे एकथरी मान्छेहरुले नकारात्मक टिप्पणी नगरेका होइनन्। कसैलाई छोरीका रुपमा, कसैलाई श्रीमतीको रुपमा प्रचार गरेर महिलाहरुलाई अपमानित गर्ने, महिलाभित्रको क्षमतालाई अवमूल्यन गर्ने एकथरी मान्छेहरुको कोसिस छ ।’– उनले भने।

पुरुषहरुले लाछारपाटो लगाउन नसकेकाले महिलाहरुलाई मौका दिनुपर्ने उनले वताए । महिला उम्मेदवारहरुलाई छोरी र श्रीमतीका रुपमा प्रचार गर्ने प्रवृत्तिको आफू विरोधी भएको वताएका उनले भने– ‘घटनाक्रमले के सावित गरेको छ भने जहाँ–जहाँ महिला कार्यकारी प्रमुख रहेका छन्, त्यहाँ राम्रो काम भएको छ। पुरुषहरुले धेरै राज ग¥यौं, खासै लछारपाटो पनि लगाउन सकिएन । एक चोटी महिलाहरुलाई कार्यकारी भूमिका दिएर हेरौं’– उनले भने।

उनले महिला उम्मेदवारलाई जिताउन भावनात्मक कुरा गर्दै गर्दा स्थानीय पार्टी कमिटिबाट उम्मेदवारीका लागि आएका महिलाको नाम आफुखसी हटाईएको विषयमा भने कुरा गरेनन्। दाहालकी छोरी रेणु मेयरका लागि प्रतिस्पर्धा गर्दै गरेको भरतपुर र सिर्जना सिंहले प्रतिस्पर्धा गर्दै गरेको काठमाण्डौ महानगरपालिकामा पनि महिलाहरुको नाम सोध्दै नसोधी हटाईएको भन्दै नेता कार्यकर्तामा तिव्र असन्तुष्टि छ। 

दाहालले विहिवार चितवनको भरतपुर पुगेर मेयरमा रेणु दाहाललाई भोट नहाले देश दुर्घटनामा पर्ने चेतावनी दिएका थिए ।
यो पनि, 

रेणुलाई भरतपुरमा जिताए गठवन्धनलाई २० वर्ष लैजाने प्रचण्डको बाचा
 

पुष्पकमल दाहाल

विशेष