News

कांग्रेसको जग हल्लिएपछि डडेल्धुरामा आरजुः हिजो धम्की, आज अर्कै फण्डा

कांग्रेसको जग हल्लिएपछि डडेल्धुरामा आरजुः हिजो धम्की, आज अर्कै फण्डा

प्रधानमन्त्री पत्नि एवम सांसद आरजु राणाले चुनाव जित्ने नाममा अनेक फण्डा अपनाउन थालेकी छिन् । विहिवार मात्रै कांग्रेसले नजितेका स्थानीय तहमा बजेट नै नपठाउने भाषण ठोकेकी उनले शुक्रवार अर्को रोचक भाषण गरिन। 

उनले नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराए ‘फ्रि भिसा र फ्रि टिकट’ मा एउटा वडाबाट ५–६ जना युवालाई मलेसिया पठाइदिने आश्वासन दिईन्। सामाजिक सञ्जालमा रहेको एउटा भिडियोमा आरजुले पार्टी कार्यकर्तालाई सम्वोधन गर्दै ‘आफूलाई मलेसियामा फ्रि भिसा फ्रि टिकटको केही कोटा पाएको’ वताएकी छिन् ।

उक्त कोटामा सवैलाई नसकेपनि ५–६ जनालाई मलेसिया पठाउने उनले वताईन। गाउँबाट काठमाण्डौसम्म पुग्ने खर्च समेत नलाग्ने उनको भनाई थियो। ‘सप्पैलाई त हामी गर्न सक्दैनौं, किनभने यसको मापदण्ड हुन्छ । त्यस्तै छ भने यो वडाबाट ५–६ जनालाई प्रयास गर्छौं’– उनले भनेकी छिन्।

तर, त्यसका लागि पहिला चुनाव गर्ने र अनि मात्रै प्रकृया चाल्ने उनले वताईन। लामो समयका लागि भने यहीँ नै रोजगारी सिर्जना हुने खालको काम ल्याउने उनले बताइन् ।

जिल्लामा पार्टी २ फ्याक भएपछि उनी मतदाता रिझाउन डडेल्धुरा पुगेकी छिन्। पूर्व जिल्ला सभापति कर्णबहादुर मल्ल पक्ष विद्रोह गरेर नेपाली काँग्रेस विपीमा मिसिएपछि देउवा गृहजिल्लामै दवावमा छन् । मल्ल समूह एमालेसँग तालमेल गरि चुनाव चिह्न करुवा बोकेर स्थानीय चुनावमा होमिएको हो। 

०४८ पछि देउवाले निरन्तर चुनाव जित्दै आएको डडेलधुरामा अहिले एमालेले चुनौती दिएको छ । मल्ल देउवालाई कमजोर पार्न गाउँ–गाउँ पुगेर संगठन विस्तार गरिरहेका छन । देशभर एमालेविरुद्ध पाँच दलको गठबन्धन गरेका देउवालाई मल्लका कारण आफ्नै गृहजिल्लामा चुनाव जित्न सकस परेको छ । त्यसैले उनले पत्नी आरजुलाई चुनावको एक साताअगावै डडेलधुरा पठाएका छन् । मल्लको सकृयताले आत्तिएकी राणा मतदाता फकाउने नाममा कहिले धम्क्याउँने र कहिले फकाउने गरिरहेकी छिन्।

एमालेले जिल्लैभरि कांग्रेसको असन्तुष्ट मल्ल पक्षसँग तालमेल गरेको छ । मल्ल पक्षले तीन स्थानीय तहका प्रमुख र दुई स्थानीय तहका उपप्रमुखसहित ५२ मध्ये २० वडामा आफ्ना उम्मेदवार उठाएको छ । बाँकी ठाउँमा भने एमालेलाई सघाएको छ।

देउवा विरुद्ध कर्णबहादुर मल्ल, पूर्वजिल्ला सभापति करुणाकर भट्ट, पूर्वजिल्ला उपसभापति गोपाल थापा, समानुपातिक उम्मेदवार लोकराज भट्ट, पूर्वजिल्ला सचिव मानबहादुर बुढा, प्रदेश (क) पूर्वसभापति तिलक हमाल, पूर्वजिल्ला सदस्य हरि भट्ट, पूर्वमहाधिवेशन प्रतिनिधि पद्मा गुरुङ, पूर्वमहाधिवेशन प्रतिनिधि हरि भट्टलगायतका नेता खुलेर लागेका छन् ।

यसैगरी, पूर्वमहाधिवेशन प्रतिनिधि भरत नेपाली, दलित संघका केन्द्रीय सदस्य जोगबहादुर ऐर, पूर्वजिल्ला सदस्यहरू गोकुल शाही, लोकराज भट्ट, नरबहादुर ठकुराठी, सुरेन्द्र माली, सन्तोष देउवा, शान्ति जोशी, दानबहादुर पाल, महिला संघकी पूर्वसभापति कमला विष्ट, राम विष्ट, नरेन्द्र मल्ल, झारुदेवी ओझालगायतका नेता पनि देउवाको विपक्षमा देखिएका छन् ।

यो पनि,

देउवा पत्नि आरजुको धम्कीः कांग्रेसको मेयर नभएका ठाउँमा पैसा दिदैनौं

आरजु राणा

विशेष