News

नाईट क्लवमा राहुल गान्धीसँग रहेकी युवती चीनियाँ राजदुत नै हुन ? यस्तो छ यथार्थ

नाईट क्लवमा राहुल गान्धीसँग रहेकी युवती चीनियाँ राजदुत नै हुन ? यस्तो छ यथार्थ

भारतीय राष्ट्रिय कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी गत सोमवार एउटा भिआइपी विवाह समारोहमा सहभागी हुन काठमाडौं आए। आएकै दिन राती ठमेलको नाइट क्लब एलओडी (लर्ड अफ द ड्रिङ्क्स) मा मंगोलियन अनुहारकी एक युवतीका साथमा पार्टी गर्दै गरेको राहुलको भिडियो सार्वजनिक भयो।

भिडियो सार्वजनिक भएपछि सत्तारूढ भारतीय जनता पार्टीका नेताले चाईनिज जासुससँग मिलेको भनेर राहुलको चर्को आलोचना गरे। सिएनएनकी पूर्वपत्रकार सुम्निमा उदासको विवाहमा सहभागी हुन नेपाल आएका राहुलसँग रहेकी ति युवती को हुन भन्ने अहिलेसम्म खुलेको छैन। तर, नेता मात्र होईन, भारतीय मिडिया समेतले ती युवतीलाई नेपालका लागि चीनियाँ राजदुत होउ यान्छी भनेर प्रचार गरिरहेका छन् ।

होउ यान्छीलाई चिनको जासुस भनिएको छ। आफनो इसाराले नेपालको सत्ता चलाएको, नेपालका नेताहरुलाई ट्रयापमा पारेर आफनो प्रभुत्व जमाएको तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली यान्छीसँग फसेपछि उनको सरकार ढलेको भन्दै भारतीय मिडियाले प्रचार गरिरहेका छन् । यती मात्रै होईन, ग्लोवल भारत नामको टेलीभिजनले राहुल, यान्छी र नेपाललाई जोडेर झण्डै आधि घण्टाको रिपोर्ट नै तयार पारेको छ।

रिपोर्टमा एकतर्फी रुपमा राहुल गान्धीमाथि आरोप लगाईएको छ। राहुललाई भारत विरुद्ध चीनसँग मिलेको आरोप लगाईएको छ भने सोही मेसोमा नेपाल र नेपालका पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गरिएको छ।

रिपोर्ट यसरी प्रस्तुत गरिएको छ– राहुल गान्धी पव (नाईट क्लव) मा जुन युवतीसँग छन्, उनी भारतकी सवैभन्दा ठुलो शत्रु हुन्। नेपालमा आफनो आँखाको इसाराले सरकार चलाउँछिन्। उनी भारतमा पनि राज गर्न चाहान्छिन्। हनिट्रयापमा माहिर, चीनकी जासुस, ब्युटी किलरसँग राहुल गान्धी कसरी फेसे ? राहुल गान्धी पवमा पार्टी गर्दै गरेको भिडियो सार्वजनिक भएको छ। यो समाचार होईन, समाचार यो हो –जुन युवतीसँग उनी पार्टी गर्दैछन् ती को हुन ? ती युवती, जो आफनो आँखाको इसाराले मानिसलाई फसाउँछिन्। नेपालका आर्मी, नेपालको सत्ता, नेपालका नेता सवै यी महिलाको गुलाम छन् ।

यतीसम्म भनिन्छकी, चीनकी यी युवती नेपालको सत्ता आफनो इसारामा चलाउँछिन्। नेपाल भारतको विरुद्धमा जे कुरा वोल्छ, त्यसको स्कृप्ट यीनै युवतीले तयार पार्छिन। फेरी हाम्रा राहुल गान्धी कसरी यो युवतीको चक्करमा फसे ?

पार्टीमा जुन महिलासँग उनी उभिएका छन्, उनको असली तस्विर यो हो भन्दै नेपालका लागि चीनियाँ राजदुत होउ यान्छीको तस्विर देखाईएको छ। यो फोटो यस अर्थमा अर्थपुर्ण छकी राहुल गान्धीसँग उभिएकी यी युवती यती धुर्त छिन् की केही वर्षमै नेपाललाई यीनले आफनो मुठ्ठीमा पारिन। यस्तोसम्म भनिन्छ– यीनी हनि ट्रयापमा मास्टर हुन। अर्थात रुपको जालमा फसाउनु। तर, यो उनको अधुरो यथार्थ हो। पुरा जानकारी थाहा पाएपछि तपाई पनि भन्नु हुनेछ– राहुलको यो गल्तीलाई देशले कहिलै माफ गर्ने छैन।

एकातर्फ मोदी जर्मनीमा दुनियाँभरी भारतको डंका पिट्दैछन, अर्कोतर्फ राहुल गान्धी नेपालमा चाईनिज केटीसँग पवमा पार्टी गर्दैछन् । वास्तावमा उनी सिएनएनकी पुर्व पत्रकार सुम्नीमा उदासको विवाहमा गएका हुन। उदासको पनि कहानी छ, जुन हामी अर्को रिपोर्टमा वताउँछौं। तर, त्यसभन्दा अगाडि सुन्नुहोस, राहुलको देव्रेपटी उभिएकी सुन्दर चाईनिज केटीको कहानी। यो महिलाको नाम हु याकी हो। चीनकी राजदुत हुन। खास कुरो यस्तो छ– यीनको फोटो सुट पनि नेपाल सरकारले गर्छ। जसलाई उनले सोसल मिडियामा अपलोड गर्छिन। र आरामले नेताहरुसँग पुग्छिन् । यी महिलामाथि हनि ट्रयापका धेरै आरोप छन् ।

सन ०१८ देखि चीनको राजदुत छिन्। जसले नेपालको शासन सत्ता अवैध तरिकाले चलाईरहेकी छिन् । यीनको नेपालका पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि सम्वन्ध थियो भन्ने समाचार थिए। नेपालका वच्चा वच्चालाई थाहा छ– हनि ट्रयापमा फसेका ओलीको सरकार कसरी ढलेको थियो। किनकी ओलीको सम्वन्ध मोदीसँग ठिकै थियो। अव प्रश्न उठ्छ–राहुल गान्धी पनि ओली जसरी यी जासुसको जालमा परिसके ? राहुल गान्धी चिनको विषयमा मोदीको विरोध गर्छन। तर, चीनियाँ युवतीसँग यति नजिक भएर कुरा गरेको भिडियो सार्वजनिक भएपछि देशमा राजनैतिक सुनामी आएको छ।

विजेपीको आरोप छ– जो ब्यक्ति देशको प्रधानमन्त्री वन्न चाहान्छन्, उसको ब्यवहारबाट देश लज्जीत छ। सोसल मिडियामा भनिएको छ–‘राहुल गान्धी एन्टिनेसनल प्याकेजसहित थिए। जुन युवतीको विवाहमा उनी गए, ति युवती प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटलाई मजाक वनाउँछिन्। एण्टीनेशनल क्याम्पेनका लागि उनी हरेक कुरा गर्छिन, जुन शत्रुले गर्छन। अनि देशको शत्रुको विवाहमा यस्तो के थियो, जहाँ राहुल गान्धी मात्रै गए? वर्तमान सरकारका कोही पनि गएनन्।

चीनकी राजदुत हर्ट गर्ल हु याकीलाई त्यती नै जरुरी थियो भने भारतमा आएर राहुलसँग किन भेट गरिनन्। लुकी लुकी किन भेट्नु पर्यो ? राहुल गान्धीको एउटा हातमा ग्लास छ, यो हालतमा एउटा जासुसलाई राहुलले देशको सुचना दिएनन् ? के राहुलले चीनलाई यस्तो वताए, जस्ले भारतलाई घाटा पुर्याउँछ? सोसल मिडियामा लेख्न थालिएको छ – घरमै विभिषण भएपछि मोदीले कति दिन लडाई लड्छन् ?

भारतीय मिडियामा आएका यस्तो रिपोट र नेपालका पुर्व प्रधानमन्त्री ओलीको चरित्र हत्याका विषयमा नेपालका तर्फबाट भने अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया जनाईएको छैन।

राहुल गान्धी

विशेष