News

केशव स्थापितमाथि मानसिक सन्तुलन गुमाएको आरोप

केशव स्थापितमाथि मानसिक सन्तुलन गुमाएको आरोप

नेकपा एमालेबाट काठमाण्डौंको मेयरका उम्मेदवार केशव स्थापितले मानसिक सन्तुलन गुमाएको आरोप लगोको छ। नेपाली कांग्रेसका काठमाण्डौं जिल्ला सभापति सवुज बानियाँले स्थापितमाथि यस्तो आक्षेप लगाएका हुन।

शुक्रबार सत्ता गठबन्धनका तर्फबाट काठमाडौंमा आयोजना गरिएको चुनावी सभामा बोल्दै बानियाँले एमाले उम्मेदवार स्थापितले नौटंकी मात्रै गर्न जानेको बताए । उनले स्थापित मानसिक सन्तुलन गुमाएको व्यक्ति भएको टिप्पणी गरे।

बानियाँले २०४९ सालमा काँग्रेसका पीएल सिंहले काठमाडौं महानगरमा सञ्चित गरेको रकम स्थापितले दुरुपयोग गरेको आरोप पनि लगाए। स्थापितले ०५४ सालपछि उक्त रकम दुरुपयोग गरेको बानियाँको आरोप छ।

स्थापित आफनो स्वार्थका लागि जस्तोसुकै बाटा हिड्न तयार हुने ब्यक्ति भन्दै उनले ‘मलाई त मानसिक विचलन भैसकेको व्यक्ति हो कि जस्तो लाग्छ’ भन्दै कमेन्ट गरे।

उनको यो अभिब्यक्तिप्रति नेकपा एमालेका नेताहरुले भने आपत्ति जनाउन थालेका छन् । निर्वाचन आचारसंहिता विपरित यसरी उम्मेदवारको मानहानी गर्ने र चरित्र हत्या गर्ने गरी स्वास्थ्य जस्तो संवेदनशिल कुरामा तुच्छ टिप्पणी गर्नु कांग्रेसको हारको मानसिक्ता भएको उनीहरुले प्रतिक्रिया दिएका छन् ।

विशेष