News

कम्प्युटरको युगमा ओलीको हस्तलिखित अपिल, यस्तो छ सन्देश

कम्प्युटरको युगमा ओलीको हस्तलिखित अपिल, यस्तो छ सन्देश

कम्प्युटर र प्रिन्टरको जमानामा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदाताका नाममा हस्तलिखित अपिल जारी गरेका छन् । स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई जिताउन आग्रह गर्दै उनले यस्तो अपिल जारी गरेका हुन ।

शनिबार हस्तलिखित अपिल जारी गर्दै ओलीले वैशाख ३० मा हुने निर्वाचनमा एमालेलाई जिताउन आग्रह गरेका छन्। एमालेका युवा नेता योगेश भट्टराईको नाममा खुलेको फेसबुक पेजमामार्फत सार्वजनिक हस्तलिखित अपिलमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न एमालेले तीनवटै तहमा स्पष्ट बहुमतको सरकार बनाउन आवश्यक रहेको उल्लेख छ। 

‘यसको प्रारम्भ यही २०७९ वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनबाटै गर्नुपर्ने हुन्छ’– उनले लेखेका छन् । नेपालका तमाम समस्या किनारा लगाउन मतदाताको साथ र सहयोगबिना सम्भव नभएको ओलीले उल्लेख गरेका छन्। 

‘यसैले सूर्य चिह्नमा मतदान गरी नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी बनाउन हार्दिक अपिल गर्दछु।’ भन्दै आपिलमा लेखेका छन् ।
 

विशेष