News

बालेनले झण्डाको अपमान गरे भन्दै ब्लग लेखेपछि अनलाईनलाई खेद्दै भीम उपाध्याय

बालेनले झण्डाको अपमान गरे भन्दै ब्लग लेखेपछि अनलाईनलाई खेद्दै भीम उपाध्याय

नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय यतिवेला काठमाण्डौं महानगरपालिकामा मेयरका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका बालेन शाहको समर्थन र एउटा अनलाईन पोर्टलको विरोधमा हात धोएर लागेका छन् ।

उपाध्यायले राजनीतिक दलका उम्मेदवारको विरोध र स्वतन्त्र उम्मेदवार बालेन शाहको समर्थनमा सामाजिक सञ्जालमै मत मागिरहेका छन् । यति मात्रै होईन, बालेन शाहको विरोधमा समाचार/विचार/ब्लग लेख्ने अनलाई मिडिया विरुद्ध अभियानै सञ्चालन गरेका छन्। उनको अभियानपछि उक्त अनलाईनका साढे चार लाख फलोअर्स घटेको कतिपयको दावी छ।

बालेनले राष्ट्रिय झण्डाको दुरुपयोग गरेको भन्दै एउटा अनलाईन पोर्टलले ‘भाइरल उम्मेदवार र राष्ट्रिय झण्डाको अपमान’ शिर्षकमा ब्लग छापेपछि उनी त्यसको विरोधमा खुलेर लागेका छन् । उक्त अनलाईनले ‘राष्ट्रिय झण्डा प्रयोगको कठोर र स्पष्ट विधि भएको अवस्थामा बर्को जसरी ओढ्ने, ज्याकेट वा कोटजसरी लगाउने कुरा कल्पना गर्न सकिंदैन। तसर्थ उनले आफ्नो गल्तीमा सार्वजनिक रुपमा आत्मालोचना गर्दा इज्जत बढ्छ, घट्दैन’ भन्ने आशयको ब्लग छापेको थियो।

राष्ट्रिय झण्डा तथा राष्ट्रिय गान प्रयोग सम्बन्धी कार्यविधि २०६९ लाई कोट गरेर लेखिएको ब्लगमा राष्ट्रिय झण्डाको अपमान गर्न–गराउन पाइँदैन भन्ने उल्लेख छ। कार्यविधि अनुसार चन्द्रमा तल पर्ने गरी झण्डा उल्टो राख्न, व्यापारिक विज्ञापनमा प्रयोग गर्न, राष्ट्रिय झण्डाको प्रतीक व्याच टाँस्दा कम्मरभन्दा तल टाँस्न र चन्द्रमा तल पर्ने गरी प्रयोग गर्न पाइँदैन। मुलुकी अपराधसंहिता परिच्छेद ८ को दफा १५१ अनुसार राष्ट्रिय झण्डा र राष्ट्रिय गानको अपमान गरे तीन वर्षसम्म कैद हुने व्यवस्था रहेको छ उल्लेख छ।

यसैगरी, ‘छातीभन्दा तलको भागमा लगाइने कुनै भित्री वा बाहिरी बस्त्रमा झण्डाको प्रतीक वा चित्र राख्न पाइँदैन भन्नुको तात्पर्य बर्को ओढेझैं वा ज्याकेट वा कोट लगाएझैं पिठ्युँमा झण्डा ओढ्न नपाउने कुरा बुझ्न कठिन छैन। फेरि आफ्नो देशको झण्डा, राष्ट्रिय गान र बा–आमाको सम्मान गर्ने कुरा नियम कानुनमा लेखिरहनुपर्छ भन्ने पनि होइन मन र विवेकले जान्ने कुरा हो’ भन्दै बालेनलाई सुझाव दिईएको छ।


त्यसपछि उपाध्यायले उक्त अनलाईन अनफलो गर्ने अभियान सुरु गरेका छन् । उनले कयौं पटक उक्त अनलाईनको स्कृन सर्ट गर्दै फलोअर्स घटेको भन्दै अन्य ब्यक्तिलाई पनि उक्त अनलाईन अनफलो गर्न उक्साई रहेका छन् ।

यतिमात्रै होईन, उनले उक्त अनलाईनको फेसवुक पेज डेसएवल हुनेसम्मको चेतावनी दिएका छन् । ‘मरेको मान्छेलाई सम्मान गर्दा  राष्ट्रिय झण्डा ओडाईन्छ। जिउदै मान्छेले यसो गर्नु झन्  सम्मान गरेको हो। के झण्डा ओढ्नु यसको झन सम्मान गरेको हैन र?’ उनले फेसवुकमा लेखेका छन्–‘हरूवा सोचका  प्रायोजित खबर लेख्नेहरूलाई, यो डिजिटल भ्युअर्सको आधारमा पेट पाल्नेहरूलाई यस्तो अनर्गल लेख्नु महंगो पर्न सक्छ। हेट स्पिच गरेको भनेर हजारौँको रिपोर्टिंग हुदै गयो भने फेसबुक एकाउण्ड पनि डिसएबल पनि गरिदिन सक्छ। जिम्मेवार बनौँ, आफ्नो खेतिलाई कसैको पाउमा नचढाऔँ।’

यस विषयमा निर्वाचन आयोगले भने केही पनि बोलेको छैन।

भीम उपाध्याय बालेन शाह काठमाण्डौं महानगरपालिका राष्ट्रिय झण्डा

विशेष