News

गठवन्धन विरुद्ध बोल्ने कार्यकर्तालाई कारवाही गर्ने देउवाको धम्की

गठवन्धन विरुद्ध बोल्ने कार्यकर्तालाई कारवाही गर्ने देउवाको धम्की

नेपाली कांग्रेसका सभापति एवम प्रधानमन्त्री शेरबहादुर देउवाले जनकपुर पुगेर गठवन्ध विरुद्ध बोल्ने नेता÷कार्यकर्तालाई कारवाही गर्ने चेतावनी दिएका छन् । सत्तारुढ गठबन्धनको विरुद्धमा नलाग्न निर्देशन दिदै उनले गठबन्धनको खिलापमा लागे सह्य नहुने चेतावनी दिए ।

स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग गठवन्धन गरेको कांग्रेसका सभापति देउवाले भने–‘कुनै पनि हालतमा गठबन्धनको खिलाफमा लाग्नुहुन्न, त्यो सह्य हुँदैन ।’

गठबन्धनको पक्षमा माहोल बनेको भन्दै पार्टीका कार्यकर्तालाई प्रतिवद्धताका साथ लाग्न आग्रह गरे । उनले नागरिकता समस्या समाधान गर्न आफु गम्भिर रहेको र नागरिकताबाट कोही पनि बञ्चित नरहने आश्वासन पनि दिए ।

नागरिकता लगायतका समस्या समाधान गर्न र संघीयता संस्थागत गर्न गठबन्धनको आवश्यकता रहेको पनि उनको दावी थियो। 
 

विशेष