News

जितेन्द्र सोनलको घरदैलोमा प्रधानाध्याक र विद्यालय कर्मचारी !

जितेन्द्र सोनलको घरदैलोमा प्रधानाध्याक र विद्यालय कर्मचारी !

स्थानीय तह निर्वाचन नजिकिदै गर्दा नेताहरुले विद्यालयका शिक्षक तथा कर्मचारीलाई समेत भोट माग्ने काममा ब्यस्त गराउन थालेका छन् । बाराको परवानीपुर गाँउपालिका–३ लिपनीमाल स्थित भोज भगत माध्यमिक विद्यालयका प्रधानाध्यापक बलिराम सर्राफ र कार्यालय सहयोगी दिपक रौनियार यती वेला भोट माग्न ब्यस्त छन् ।

निर्वाचन आचारसंहिता विपरित लोकतान्त्रिक समाजवादी पार्टीका मधेश प्रदेश अध्यक्ष तथा पुर्वमन्त्री जितेन्द्र सोनलले शिक्षकलाई घरदैलोमा लिएर हिड्न थालेका छन् । शिक्षक र कर्मचारी विद्यालयको कामकबाज नै बन्द गरेर घरदैलोमा ब्यस्त छन् । परवानीपुर गाँउपालिका–१, बुनियाद निवासी प्रधानाध्यापक सर्राफ लोकतान्त्रिक समाजवादी पार्टीको कार्यकर्ता जस्तै भोट माँगिरहेका छन् ।

सोनल निकट रहेका प्रधानाध्यापक सर्राफ र कार्यालय सहयोगी रौनियार अहिले उनकै अघिपछि हिडिरहेका छन् । एउटा पार्टीको उम्मेदवारको भोट माग्न शिक्षक र कर्मचारी नै हिड्न थालेपछि स्थानीय तथा अभिभावक चिन्तित छन् ।

घरदैलौमा लोसपाका मधेश प्रदेश अध्यक्ष सोनल , गाँउपालिका अध्यक्ष पदका उम्मेदवार जगतनारायण महतो , वडाअध्यक्ष पदका उम्मेदवार मिश्री महतो संगै उनीहरु पनि सहभागि छन् । निर्वाचन आचारसंहिताले सरकारी कर्मचारीलाई कुनैपनि राजनितिक दल र उम्मेदवारको पक्षमा भोट माग्न वन्देज गरेको छ।

शिक्षा ऐन २०२८ (संशोधनसहित)को दफा १६ को (ङ) र उपदफा ५ को (छ)ले पनि शिक्षकलाई राजनीतिमा भाग लिन रोक लगाएको छ । शिक्षा ऐनको दफा १६ (ङ) मा कुनै पनि शिक्षक राजनीतिक दलको कार्यकारी पदमा बसेमा शिक्षक पदबाट बर्खास्त गरिने उल्लेख छ ।

यस्तै कुनैपनि राजनितिक दलको फाईदा पुग्ने गरी सहभागी हुन र काम गर्न पनि रोक लगाईएको छ । तर, यस विषयमा नियमनकारी निकाय भने मौन छ। 
 

जितेन्द्र सोनल

विशेष