News

केन्द्रीय वक्ताको लिष्टमा नाम नपरेपछि निधिको विद्रोह, जनकपुरको सभा बहिष्कार

केन्द्रीय वक्ताको लिष्टमा नाम नपरेपछि निधिको विद्रोह, जनकपुरको सभा बहिष्कार

केन्द्रीय वक्ताको लिष्टमा आफनो नाम नराखेपछि कांग्रेस नेता विमलेन्द्र निधिले जनकपुरमा आयोजित सत्ता गठवन्धनको चुनावी सभा बहिष्कार गर्ने भएका छन् । 

आज हुन लागेको गठबन्धनको सभामा केन्द्रीय नेता निधि नाम वक्ताको रुपमा नराखिएको एक नेताले जानकारी दिए। धनुषा निधिको आफ्नै गृहजिल्ला हो । आफनो जिल्लामा वक्ताको रुपमा नाम नराखिएपछि उनले अपमान महसुस गरेको ति नेताले वताए ।

पार्टीको केन्द्रीय वक्ताको रूपमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, सहमहामन्त्रीद्वय भिष्मराज आङदेम्बे र महेन्द्र यादवको नाम छ । जनकपुरमा हुने कार्यक्रम छोडेर नेता निधि भने धरानको चुनावी  सभामा सहभागी हुन लागेका छन् ।
 

विशेष