News राजनीति

प्रचण्डको हाउभाउ नक्कल गरेका बालेनलाई अमेरिकी सहयोग !

प्रचण्डको हाउभाउ नक्कल गरेका बालेनलाई अमेरिकी सहयोग !

स्थानीय तह चुनाव संघारमा छ। तर, भरतपुर र काठमाण्डौंको चर्चाका अगाडि अन्यत्रको चुनावी रौनक्ता फिक्का छ। भरतपुरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेणु दाहाल दोस्रो कार्यकालका लागि मेयरको उम्मेदवार छिन्।

कांग्रेस कार्यकर्ताको अडान र विरोधका बीच रेणुलाई उम्मेदवार वनाईयो। कांग्रेस नेता÷कार्यकर्ता त्यहाँ असन्तुष्ट छन् । कांग्रेस नेता जगन्नाथ पौडेल बागी भए। एमाले फ्याक्टर अलग्गै छ। यसले पाँच दलिय गठवन्धन दवावमा छ। गठवन्धनका लागि भरतपुर प्रतिष्ठानको विषय भएको छ। गठवन्धनका नेता मात्र होईन, रेणुको पक्षमा राज्य शक्ति दुरुपयोग भएको आरोप लागिरहेको छ। रेणुलाई जिताउन निर्वाचन आचार संहिताको धज्जी उठाईएको छ।
 
नेताहरु कहिले ‘रेणु हार्दा देशै भडखालामा जाने’ भन्दै मतदातालाई हप्काउँछन् भने कहिले लोलोपोते घसेर साखुल्य हुन खोजिरहेका छन् । यसले भरतपुर ‘चुनावी रणभुमी’ मा परिणत भएको छ।

अर्कोतर्फ काठमाण्डौं महानगरपालिका स्वतन्त्र उम्मेदवार बालेन शाह (बालेन्द्र साह) का कारण चर्चामा छ। काठमाण्डौंलाई चर्चामा ल्याउन एमालको मेयर उम्मेदवार केशव स्थापितको योगदान पनि कम महत्वको छैन। उनी ‘यौन दुराचार’ को आरोपका कारण चर्चामा छन् । तर, पाँच दलिय गठवन्धनसहित एमालेलाई पनि सोत्तर पार्छु भन्ने अठोटका साथ अघि वढेका बालेन शाहको चर्चा उनको भन्दा अलि पढि छ। 

काठमाडौंको मेयर बन्ने सपना देखिरहेका ३१ वर्षीय बालेनको नीजि जिवनका बारेमा उनका कमै समर्थकलाई मात्रै थाहा छ। उनको सकारात्मक एवम नकारात्मक दुवै पाटो अहिलेसम्म ओझेलमा छ। नेपालको राजनीतिक अवस्था देखेर निराश भएपछि बालेन राजनीतिमा आएका हुन। उनका समर्थक पनि प्रायः यस्तै छन् । यसरी हेर्दा बालेनको चर्चा उनको आफनो मात्रै होईन, राजनीतिक दलप्रतिको वितृष्णा बालेनको पछाडि उर्लिएको छ।

काठमाडौंको नरदेवीमा जन्मे–हुर्केका बालेन पेसाले इञ्जिनियर हुन्। उनी राजनीतिक पृष्ठभुमीबाट आएका पनि होईनन्। उनका बुबा रामनारायण शाह आयुर्वेदिक डाक्टर हुन्। आमा ध्रुवदेवी शाह पनि सामाजिक र राजनीतिक क्षेत्रमा सकृय छैनन् । उनका दाजु कुशल चार्टर्ड एकाउन्टेन्ट, भाउजू बैंकर्स र बहिनी चित्रकार हुन्। बालेनकी श्रीमती सविना जनस्वास्थ्य क्षेत्रमा काम गर्छिन्।

बालेनलाई अमेरिकी सपोर्ट
आसन्न स्थानीय तह चुनावमा देशभरी स्वतन्त्र उम्मेदवार धेरै छन् । तर, चर्चा पाएका बालेन मात्रै हुन। उनले करिव आढाई वर्ष अघि नै सामाजिक सञ्जाल मार्फत मेयरको उम्मेदवारी दिने घोषणा गरेका थिए।

उनको यो घोषणालाई अमेरिकी लवीका केही ब्यक्तिले चर्चामा ल्याए। सुरुमा ज–जस्ले बालेनको प्रचार–प्रसार गरे उनीहरुको कुनै न कुनै रुपमा अमेरिकासँग साईनो जोडिएको राजनीतिक विश्लेषकहरुको दावी छ। उनीहरुका अनुसार बालेनका ‘प्रथम समर्थक’ कोही आफै र कोही छोरा/छोरीका कारण अमेरिकाको सम्पर्कमा छन् । कतिपयका छोराछोरी स्कलरसिपमा अमेरिकामा पढिरहेको श्रोतको दावी छ।

यसैगरी, ‘कपडा ब्यांक’ तथा कोरोना पीडितलाई गाँस, बास र राहत वितरण गरेर चर्चामा आएको ‘हन्ड्रेड्स ग्रुप’ का अध्यक्ष बब्लु गुप्ता नेपाली, वेलायतमा रहेर नेपालमा समाजसेवीको नाम कमाएकी इशा गुरुङ, शेयर लगानीकर्ता एवम् विश्लेषक शिव चन्द्र (डोन), सामाजिक युवा अभियान्ता केपी खनाल, नेपाली चलचित्र क्षेत्रका प्रसिद्ध निर्देशक÷निर्माता÷गायक र अभिनेता निश्चल बस्नेत, प्रख्यात गायक स्वप्निल शर्मा, गायन रियालिटी शो ‘नेपहप स्टार’ मा संलग्न प्राय सवै, नायिका प्रियंका कार्की, कलाकार निर्मल शर्मा (गैडा), युट्युबर पबन खतीवडा ‘म्याकुरी’ लेखक खगेन्द्र संग्रौलालगायतका ब्यक्ती बालेनको सपोर्टमा छन् ।

यी मध्येमा पनि कतिपय नाम अमेरिकासँग जोडिएको जानकारहरु वताउँछन् । 

मेयर वन्न बालेनको यस्तो थियो तयारी
बालेन सुरूमा विवेकशील पार्टीप्रति आकर्षित थिए। उनले विवेकशील पार्टीबाट राजनीति गर्ने चाहना राखेर विवेकशीलबाट मेयर उठ्ने प्रश्ताव पनि राखे। तर, विवेकशीलले सदस्यता लिनुपर्ने भन्ने सर्त राखेपछि उनले त्यो बाटो नै छाडिदिए । त्यसपछि उनले साढे दुई वर्ष अघि ‘मेयर उठ्छु’ भनेर फेसबुकमा लेखे।

पारिवारीक सुत्रका अनुसार उनी कुनै घटनाले मेयर उठ्न आएका होइनन। ५ वर्षदेखि योजनावद्ध रुपमा यो अवस्थामा आई पुगेका हुन।

बालेनलाई यस्तो पनि भनिन्छ
बालेनको सकारात्म पाटो धेरै छ। कुनै पार्टीमा आवद्ध नभएका कारण उनको योजना र जनताप्रतिको समर्पण हेर्न कुर्नै पर्छ। राजनीतिमा उनी परिक्षण हुन बाँकी छ। तर, बालेनले चर्चा पाएको छोटो अवधिमा पनि उनको व्यक्तित्व कतिपय बिझेको छ।

केही समय अघि प्रज्ञा भवनमा भएको एकटा कार्यक्रममा सहभागी हुने क्रममा बालेनको इण्ट्रि हेर्न लायक थियो। ‘फिल्मी शैली’ मा पुगेका उनी युवाहरूको सुरक्षाघेरा बनाएर हलभित्र प्रवेश गरे। त्यहा नत बालेनलाई सुरक्षा खतरा थियो, नत उनी बाटो नै अवरोध हुन तहका सेलेब्रेटी थिए। तर, जनयुद्ध कालमा माओवादी कार्यकर्ताले घेरिएका पुष्पकमल दाहाल भन्दा पनि ठुलो सुरक्षा चुनौती भएझै गरी उनी प्रश्तुत भए। युवाहरूको घेराभित्र हिँड्दा बालेन त्यसमा रमाएका देखिन्थे। कालो चस्मा लगाएर कोट मिलाउँदै हलमा छिर्दा उनलाई अलिकति पनि अप्ठ्यारो लागेन। उनले त्यसलाई सहज रुपमा लिने मात्र होईन, आफुलाई ठुलै ब्यक्तित्वको रुपमा प्रस्तुत गरे। यसको आलोचना पनि भयो।

बालेनले सार्वजनिक रूपमा दिने कतिपय अभिव्यक्ति पनि स्वाभाविक लाग्दैनन्। ‘आफू ९० हजार ८३५ मत ल्याएर निर्वाचन जित्ने’ अभिब्यक्ति पनि उनलाई वुझाउने अर्को पाटो हो। यसले उनको उरन्ठेउले स्वभाव, आफूलाई तिलस्मी ठान्ने र मै मात्रै वुझेको छु, अरुलाई जे भनिदिएपनि हुन्छ भन्ने घमण्ड देखाउँछ भन्दा अनर्थ लगाउनु पर्दैन। 
यसैगरी, उनमा राजनीति दल र नेताहरुले विगारेको राजनीति ‘एक्लै पार लगाउँछु’ भन्ने भ्रम छ। उनले अहिले राजधानीका युवाहरुमा वाँडिरहेको विऊ पनि त्यही हो। स्थानीय तहमा व्यवस्थापिका र कार्यपालिका हुन्छन्। व्यवस्थापिकाले बजेट र कार्यक्रम पास गर्नुपर्छ। पास भएको कार्यक्रमअनुसार मात्र मेयरले खर्च गर्न पाउँछ।

स्थानीय तहमा ‘एक्लो वृहस्पति’ को काम छैन। मेयर जितिहाले पनि योजना पास गराउने ठाउँदेखि नै उनी ‘कागका वथानमा बकुल्लो’ सावित हुन सक्छन् । किनकी मेयरको योजना पास गरिदिने टिम उनीसँग हुँदैन। टिममा काम गर्न उनीसँग नत वडा अध्यक्ष हुन्छ नत सदस्य नै छ। बिना टिमको मेयर बनेर केही पनि पार लगाउन सकिँदैन भन्ने उनले बुझेको देखिँदैन।

अर्कोतर्फ यौन दुराचारको आरोप लागेका केशव स्थापितलाई सोही मुद्दा उठाएर पाखा लगाउँछु भन्ने विकल्प पनि उनीसँग छैन। उनी माथि पनि महिलाहरूको आत्मसम्मानका विषयमा असंवेदनशिल भएको आरोप छ। उनले -याप गाउँदा प्रयोग गरेका शब्दलाई लिएर यो प्रश्न उठेको हो। 

बालेन शाह

विशेष