News

मतदातालाई प्रचण्डको धम्कीः विच्किएको भोट ‘क्यास’ गर्न भरतपुर पुगे ओली

मतदातालाई प्रचण्डको धम्कीः विच्किएको भोट ‘क्यास’ गर्न भरतपुर पुगे ओली

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मतदातालाई धम्क्याएर विगारेको भोट ‘क्यास’ गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आईतवार भरतपुर पुगेका छन् । उनले त्यहाँ पुगेर कांग्रेस कार्यकर्ता प्रति साहानुभुती पनि दर्शाए ।

दाहालले केही दिनअघि सत्तारुढ गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै मेयरमा रेनु दाहाललाई भोट नहाले देश दुर्घट्नामा जाने चेतावनी दिएका थिए । उनले रेणुलाई जिताए आफू खुशी हुने र गठबन्धन १५–२० वर्ष टिक्ने पनि वताएका थिए । त्यसपछि भरतपुरका कांग्रेस नेता÷कार्यकर्ता रुष्ट छन् ।

यही मौका पर्खेर वसेका ओलीले भरतपुर पुगेर जिन्दगीभर कांग्रेस भएर पनि कांग्रेसका नेता÷कार्यकर्ताले कांग्रेसमा भोट हाल्न नपाएकोमा चिन्ता ब्यक्त गरे। कांग्रेसीले कतै प्रचण्डका छोरी, कतै वुहारी, कतै ज्वाई, कतै भाई र कतै भतिजो बोकेर हिड्नु परेको उनको भनाई थियो। कांग्रेसका कार्यकर्तालाई नेताहरुले भरिया वनाएको उनले वताए ।

५ वर्षअघि प्रचण्डकी छोरी रेनुलाई मतदान गरेर मेयर बनाएका कांग्रेस कार्यकर्ता यस वर्ष पनि उनैलाई मतदान गर्न बाध्य भएको ओलीको टिप्पणी छ। ओलीले २० वर्ष गठबन्धन टिकाए कांग्रेसलाई नै घाटा हुने भन्दै ‘२० वर्षसम्म छोरी बोक, ज्वाइँ बोक, भाइ बोक, भतिजो बोक’ भन्दै खिसिटिउरी गरे।

कांग्रेसका नेताहरुले प्रधानमन्त्री पदका लागि आफ्नै पार्टी सिद्ध्याउन लागेको आरोप ओलीको छ। कार्यकर्ताले के हेरेर बसेका होलान् ? भन्दै उनले थपे–‘बिचरा कति पीर परेको होला कार्यकर्तालाई । छाती समातेर बसिरहनुभएको होला पीडाले।’

गायक प्रकास सपुतको गीतको प्रसंग निकालेर उनले कांग्रेसका कार्यकर्ताहरूको ‘पीर बिसाउने ठाउँ पाईन’ भन्दै टिप्पणी गरे। ‘प्रकास सपुतको गीतले भने जस्तै कांग्रेसका कार्यकर्ताले पीर बिसाउन कहाँ जाने बिचरा ?’ उनले भने–‘एमालेका कार्यकर्ता त यसै उत्साही हुनुहुन्छ । तर कांग्रेसका कार्यकर्ताले कसरी मन थामेका होलान् । सहानुभूति दर्शाउन चाहन्छु।’

विशेष