News कभर स्टोरी

छविसपाथिभेरामा गठबन्धनले एमालेभन्दा तीन गुणाबढी मत ल्याउने विश्लेषण, यस्तो छ तथ्य 

छविसपाथिभेरामा गठबन्धनले एमालेभन्दा तीन गुणाबढी मत ल्याउने विश्लेषण, यस्तो छ तथ्य 

स्थानीय तह निर्वाचन आउन अब पाँच दिन मात्र बाँकी छ । अहिले देश चुनावमय भएको छ । विभिन्न राजनीतिक दलका उम्मेदवार र नेता तथा कार्यकर्ताहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन् । मतदाताहरु भोट हाल्न उत्साहित छन् । 

बझाङको छविसपाथिभेरा गाउँपालिकामा जनता गठबन्धनको पक्षमा एकिकृत बनेका छन् । वडा एकदेखि सातसम्मका बहुमत जनताको मनसाय गठबन्धनलाईनै भोट हाल्ने पक्षमा छन् । छविस पाथिभेरा गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीको वडादेखि गाउँपालिकासम्म बलियो गठबन्धन बनेको छ । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट बसन्त चलाउने उम्मेदवार बनेका छन् । उपाध्यक्षमा एकिकृत समाजवादीबाट लक्ष्मन बोहरा उम्मेदवार छन् । गाउँपालिका माथिल्लो पद नपाएपनि नेपाली काँग्रेसले वडामा भने सन्तुष्टिजनक स्थान पाएको छ । सात वडा मध्ये सबै भन्दाबढी चार वडामा नेपाली काँग्रेसले वडाध्यक्ष पाएको छ । बाँकी तीन वडा मध्ये एकिकृत समाजवादीले दुई वटा वडाध्यक्ष पाएको छ भने नेकपा माओवादी केन्द्रले एक वडाध्यक्ष पाएको छ । 

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष नपाएपनि वडामा सम्मानजनक स्थान पाएको हुनाले गठबन्धनलाई जिताउन आफ्नो पार्टी खटिरहेको नेपाली काँग्रेसका छविसपाथिभेरा गाउँपालिका सभापति पाण्डब थापाले बताए । उनी भन्छन्, 'गठबन्धनलाई सघाउनेप्रती मेरो एउटै भनाइ छ, रुखले अक्सिजन दिन छोड्ला, मान्छेले श्वास फेर्न विर्सिएला तर हामी गठबन्धनलाई सघाउन छोड्दैनौँ । भोली हाम्रो पार्टीको बैठक छ त्यहाँपनि हामी ठोस निर्देशन दिन्छौँ ।' 

गाउँपालिकामा एमाले भन्दा करिब १५ सय मतले गठबन्धनका उम्मेदवार अगाडि हुने थापाको विश्लेषण छ । उनी भन्छन्, 'केही वडामा बागी उम्मेदवारी परेकाछन् । गाउँपालिका पनि वागी उम्मेदवारी परेको छ । त्यसले गर्दा केही मत तलमाथि भएपनि गठबन्धनले चुनाव जित्छ ।' 

गठबन्धनका उम्मेदवारले प्रतिश्पर्धि दल नेकपा एमाले भन्दा तीन गुणाबढी मत ल्याएर जित्ने अखिल क्रान्तिकारीका नेता बम धामी बताउँछन् । उनी भन्छन्, 'विगतको चुनावमा एमालेबाट फुटेर बनेको एकिकृत समाजवादी हाम्रो गाउँपालिकाको पहिलो दल हो । मतका आधारमा गाउँपालिकामा नेकपा माओवादी केन्द्र दोस्रो दल बनको थियो । नेपाली काँग्रेस तेस्रो स्थानमा थियो । एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र चारवटा वडाका वडाध्यक्ष अहिले समाजवादी तिरै छन् । त्यसो भएको हुनाले ठुलो जनमत हामीसँगै छ । विगतको मत मात्रै आकलन गर्ने हो भने पनि हामी तीन गुणा बढी मत ल्याएर चुनाव जित्छौँ ।' 

७४ को चुनावमा छबिसपाथिभेराको अध्यक्षमा तत्कालिन एमालेका अक्कल धामी दुई हजार २८९ मत ल्याई विजयी भएका थिए । उनको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लोकेन्द्र धामीले एक हजार ७३२ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा एमालेकै राधिका रताला दुई हजार २२२ मत ल्याई विजयी भएकी थिइन् । नेपाली काँग्रेसका झलक कठायतले करिब एघार सय मत प्राप्त गरेका थिए । 

छविसपाथिभेराको मुल धारको नेतृत्व गर्ने तीनवटा राजनितिक एकै ठाउँमा भएकाले गठबन्धनले सजिलै चुनाव जित्ने शिक्षक नेता गणेश बुढाको विश्लेषण छ । उनी भन्छन्, 'हामी चुनावी अभियानमा घर दैलोमा पुगेका छौँ । सातैवडाका जनता गठबन्धनलाई भोट दिन उत्साहित छन् । गठबन्धनका उम्मेदवारको प्यानलनै राम्रो भएकोले थप जनआर्कर्षण बढ्दो छ । गाउँपालिकाभरी करिब दश हजार मतदाता छन् । विगतको निर्वाचन हेर्दा करिब छ हजार मत खस्छन् । जसमध्ये गठबन्धनले पाँच हजार मत ल्याउने आकलन छ । एमालेले चानचुन एकहजार मत ल्याउन सक्छ ।'

अध्यक्षका उम्मेदवार चलाउनेप्रति बढ्दो जनआर्कर्षण

छविसपाथिभेरा छ नुवाघरका विद्यार्थी  देवचन्द्र चलाउने यस पटकको चुनावमा भोट हाल्न उत्साहित छन् । गाउँपका अध्यक्षको विचार मन परेर भोट हाल्न काठमाडौबाट बझाङ आएको उनको भनाई छ । उनी भन्छन, 'गाउँपालिका अध्यक्षका उम्मेदवार बसन्त चलाउने शिक्षित, अनुभवि र भिजन भएका व्यक्ति हुन् । डिग्रीसम्म अध्ययन गरेर लामो समयदेखि राजनितिमा सक्रिय व्यक्ति गाउँपालिकाले उम्मेदवार पाउनु निकै राम्रो कुरा हो ।'

चलाउनेको विचार मनपरेर गठबन्धनलाई मत दिन उत्साहित भएको वडानं ५ का किशोर पण्डित बताउँछन् । उनी भन्छन्, 'बसन्त चलाउने गाउँपालिका अध्यक्षका लागि सहि व्यक्ति हुन भन्ने लाग्छ । उनका विचार र भिजन सही छन् । उनका अन्तर्वार्ता हेरेको छु । उनका विचारबाट प्रभावित निकै प्रभावित छु ।'


यस्तै, छविसपाथिभेरा घर भई हाल चैनपुरमा व्यापार गरिरहेका तिलक धामीको विचार पनि उस्तै छ । चलाउने भिजन भएका व्यक्ति भएकाले उनलाई भोट हाल्न भएपनि चुनावमा गाउँ जाने बताए । अघिल्लो जनप्रतिनिधिभन्दा असल विचार, जनताको हितमा काम गर्ने, आधुनिक कुरामा राम्रो ज्ञान भएको जुझारु व्यक्तिलाई छविसपाथिभेरामा जिताउने पक्षमा रहेको उनको भनाइ छ ।
 

छविसपाथिभेरा गठबन्धन बसन्त चलाउने

विशेष