News विदेश

इरानमा अफगान शरणार्थीहरूको यातनाप्रति मानवअधिकारवादी निकायको आपत्ति

इरानमा अफगान शरणार्थीहरूको यातनाप्रति मानवअधिकारवादी निकायको आपत्ति

काबुल । इरानमा अफगान शरणार्थीहरू विरुद्ध निर्मम मानवअधिकार उल्लंघन भइरहेको भन्दै मानवअधिकारवादी संस्था एम्‍नेस्टी इन्टरनेसनलका अभियानकर्ता समिरा हमीदीले उक्त यातनाप्रति चिन्ता व्यक्त गर्नुका साथै आपत्ति जनाएका छन्। 

उक्त घटनाहरुलाई उनले अमानवीय घटनाको संज्ञा दिएका छन्। खामा प्रेसका अनुसार समिरा हमीदीले रेडियो फ्री अफगानिस्तानसँग कुरा गर्दै भनिन्, 'इरानका सीमा गार्डहरूले अफगान शरणार्थीहरूलाई सीमामा बन्दुकको प्रयोग गरेर उनीहरूको देशबाट बाहिर निकालेका छन्।' 

विश्वसनीय स्रोतहरूले इरानका सीमा सुरक्षाकर्मीहरूद्वारा अफगान शरणार्थीहरूलाई यातना र यौन उत्पीडन गरेको पुष्टि गरिएको छ। इरानीहरूले अफगानीहरूप्रति देशमा भेदभावपूर्ण, हिंसात्मक र स्तब्ध पार्ने कार्य देखाउने फुटेजहरुले मानवअधिकार उल्लंघनको गरेको स्पष्ट पारेको छ। 

उनले इरानमा अफगान शरणार्थीहरूको समस्यालाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वानसमेत गरेकी छन्।  अफगानहरूले भिसा विस्तार र भुक्तानी प्रणालीमा समस्या सामना गरिरहेका छन्। 

अफगान शरणार्थीहरू गत अगस्तमा तालिवानले कब्जा गरेपछि आश्रय खोज्दै इरान पुगेका थिए। तिनीहरूमध्ये धेरैसँग कानुनी कागजात वा भिसा छैन, जसले उनीहरूलाई उत्पीडनको सिकार बनाएको स्थानीय मिडियाले रिपोर्ट गरेको छ।

यसअघि छिमेकी देश इरानमा अफगान शरणार्थीहरूलाई कसरी ‘उत्पीडन’ भइरहेको छ भन्ने देखाउने एउटा भाइरल भिडियो सामाजिक सञ्जालमा फैलिएको थियो।

यसैबीच काबुलस्थित इरानको दूतावासले एक विज्ञप्ति जारी गर्दै इरानमा अफगान शरणार्थीमाथि भइरहेको यातना अफगानिस्तानसँगको द्विपक्षीय सम्बन्धलाई बिगार्ने षड्यन्त्र भएको जनाएको छ।

तालिबानले सत्ता कब्जा गरेदेखि अफगानिस्तानबाट ठूलो संख्यामा पलायन मात्र भएका छैनन् कि निमरोज प्रान्त र टर्की हुँदै इरान जस्ता छिमेकी देशहरूमा अफगानहरूको अवैध आप्रवासको समस्या पनि सिर्जना भएको छ। 

विशेष