News

मतदाता र मेयर पदका उम्मेदवारबीच १० बुँदे करारनामा

मतदाता र मेयर पदका उम्मेदवारबीच १० बुँदे करारनामा

काठमाण्डौंको तारकेश्वर नगरपालिकाका लागि कांग्रेसबाट मेयरको उम्मेदवार बनेका कृष्णहरी मर्हजनले मतदातासँग १० वुँदे करारनामा गरेका छन् । भविष्यमा सोही करारनामाका आधारमा आफुले पदिय जिम्मेवारी निर्वाह गर्ने र यसैका आधारमा कामको मुल्यांकन पनि गर्न उनले आग्रह गरेका छन् ।

यस्ता छन् उनको करारनामामा उल्लेख वुँदाहरु
१. म आवद्ध भएको राजनीतिक दलभित्र रही मैले जारी गरेको घोषणापत्र यसै करारनामाको अंग हुने गरी त्यहाँ बाचा गरिएका काम तथा आचरणको कार्यान्वयन गर्न प्रतिबद्ध छु।

२. म आफु कहिल्यै जस्तोसुकै परिस्थितिमा पनि आर्थिक, प्रशासनिक र नीतिगत भ्रस्टाचारमा संलग्न हुने छैन।

३. म मेरो पदीय हैसियत र सरकारी श्रोत साधन मेरो निजि स्वार्थमा कहिल्यै उपयोग गर्ने छैन।

४. म राज्यको चल अचल सम्पति र श्रोतसाधान अचलन गर्ने, हानी नोक्शानी गर्ने वा राज्यलाई घाटा हुने काममा कहिल्यै कुनै पनि अवस्थामा सलग्न नहुने प्रतिज्ञा गर्दछु।

५. म निर्वाचित भएको १ महिना भित्र मेरो र मेरो सगोलमा बस्ने परिवारको सम्पति सार्वजनिक गर्ने र आफ्नो कार्यकालको अन्त्यमा पुनः नागरिक समक्ष आफ्नो सम्पति विवरण सार्वजनिक गर्नेछु।

६. म पालिकाले बनाउने कानुन, नीति र कार्यक्रम निर्वाचन क्षेत्रका नागरिकहरुसंगको छलफल र स्वामित्वमा बनाउने प्रक्रियाको नेतृत्व गर्ने छु। जनसरोकारका विषयहरु माथि निर्णय गर्दा म सदैव नागरिकहरु सँगको परामर्श र सहमति गर्नेछु ।

७. म सभागितामुलक लोकतन्त्रको अभ्यास गर्न प्रतिवद्ध रहनेछु। साथै म पालिकाको बजेट तथा खर्च, कार्यक्रम तथा प्रगति विवरण नियमित रुपमा सार्वजनिक गर्न प्रतिवद्

८. म निर्वाचित भए पछि पनि आफ्नो क्षेत्रका नागरिकहरु सँग नियमित सम्पर्क, संवाद र सहकार्यमा रहनेछु। हरेक वर्ष आफ्नो पालिका भित्रका नागरिकहरु समक्ष आफुले गरेका कामहरुको जानकारी गराउदै सार्वजनिक सुनुवाई कार्यक्रम राख्दै नागरिक पृष्ठपोषण ग्रहण गर्ने छु। र प्राप्त सल्लाह सुझावहरुलाई कार्यान्वयन गर्न प्रतिवद्ध रहनेछु।

९. जातीय, लैंगिक, भाषिकलगाएत सबै प्रकारका विभेदको विपक्षमा रहनेछु। म आफु कहिल्यै कसैलाई कुनै विभेद गर्दिन र गर्न दिने छैन। म संविधानले दिएको मौलिक हकको सम्मान, संरक्षण र परिपूर्ति गर्ने कामको सदैव नेतृत्व गर्नेछु

१०. पर्यावरण संरक्षण प्रति संवेदनशील रहनेछु।

माथिका प्रतिवद्धताहरु कार्यान्वयन गर्न मन वचन र कर्मले क्रियाशील रहने प्रतिज्ञा स्वरुप आम नागरिकहरुको रोहवरमा यो करारनामामा सहिछाप गरेको छु र यसको प्रति सम्पूर्ण नगरबासीहरुले सुरक्षित राखी यस करारनामा विपरित गएको खण्डमा खवरदारी गर्नु हुन अनुरोध गर्दछु।

मर्हजन कांग्रेस तारकेश्वरको नगर सभापति तथा लोकप्रिय नेता हुन । राजनीति रुपमा मात्र नभई शैक्षीक तथा सामाजिक रुपमा पनि मर्हजन अब्वल मानिन्छन् ।
 

तारकेश्वर नगरपालिका कृष्णहरी मर्हजन

विशेष