News विदेश

श्रीलङ्काका प्रधानमन्त्री महिन्द्रा राजापाक्षेले दिए राजिनामा

श्रीलङ्काका प्रधानमन्त्री महिन्द्रा राजापाक्षेले दिए राजिनामा

श्रीलङ्काका प्रधानमन्त्री महिन्द्रा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । देशमा देखिएको संकट समाधानका लागि राष्ट्रपति गोटबाया राजापाक्षेले प्रधानमन्त्रीलाई राजिनामा दिन सुझाव दिएका थिए ।

राष्ट्रपतिले शुक्रबार विशेष बैठकमा प्रधानमन्त्रीलाई देशमा जारी राजनीतिक सङ्कटको समाधानका लागि राजीनामा दिन आग्रह गरेका थिए। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएको र राष्ट्रपतिको पनि सुझाव दिएपछि उनले यस्तो कदम उठाएका हुन।

प्रधानमन्त्रीको राजिनामाले नयाँ मन्त्रिपरिषद्को लागि मार्ग प्रशस्त भएको जनाईएको छ। श्रीलङ्काको डेली मिररले जनाएअनुसार प्रधानमन्त्रीले राजीनामा दिएपछि राष्ट्रपति राजापाक्षेले संसदमा रहेका सबै राजनीतिक दललाई सर्वदलीय मन्त्रिपरिषद् गठन गर्न आमन्त्रण गर्ने अपेक्षा गरिएको छ ।

यसअघि विपक्षी दल समगी जन बालवेगयाले आफ्ना नेता सजिथ प्रेमदासाले अन्तरिम सरकारमा प्रधानमन्त्रीको पद स्वीकार नगर्ने पुष्टि गरेका थिए । श्रीलङ्का हाल विदेशी मुद्राको अभावबाट उत्पन्न भएको आर्थिक सङ्कटबाट गुज्रिरहेको छ जसले इन्धन, खाद्यान्न र औषधि जस्ता अत्यावश्यक आपूर्तिहरूको अभाव निम्त्याएको छ।

सरकार र सांसद्लाई तत्काल समाधान खोज्न माग गर्दै केही दिनदेखि आन्दोलन जारी छ । 
 

विशेष