News राजनीति

प्रकाण्डद्वारा प्रचण्डको प्रतिकारः कहाँनेर छ प्रतिगमन, देखाउनोस

प्रकाण्डद्वारा प्रचण्डको प्रतिकारः कहाँनेर छ प्रतिगमन, देखाउनोस

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हरेक कार्यक्रममा प्रयोग गर्ने गरेको ‘प्रतिगमन’, ‘देश दुर्घट्ना’ लगायतका शब्दहरुले नेताहरु आजित भएका छन् । जहिले पनि त्रास देखाएर जनतालाई दवावमा राख्ने गरेको भन्दै कतिपय नेताहरुले त्यसको प्रतिकार समेत गर्न थालेका छन् ।

नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले दाहाललाई ‘प्रतिगमन’को खतरा कहाँनेर छ ? देखाउन चुनौती दिएका छन् । सोमबार कालीकोटको रास्कोट नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै उनले प्रतिगमनको खतरा कोबाट हो ? भनेर प्रश्न उनलाई प्रश्न गरे।

‘प्रचण्डले भर्खरै यहाँ बोलेर जानुभएको छ। उहाँले भन्नु भएछ–अहिले प्रतिगमनको खतरा छ । कहाँ छ प्रतिगमनको खतरा ?’ उनले भने–‘अहिले नेपालमा खतरा भनेको दलाल पुँजीवादको छ । प्रतिगमनको खतरा छ भनेको ज्ञानेन्द्र आउँछ भनेको ? ज्ञानेन्द्र आएर यहाँ प्रतिमगन गर्छन् ? त्यो परिवेश नै छैन ।’

प्रचण्डमा राजनीतिक विचलन आएको र संसदीय राजनीतिमा प्रवेश गरेको आरोप पनि उनले लगाए । ‘प्रचण्डजीमा ठूलो राजनैतिक र वैचारिक विचलन आयो। बाबुरामजीमा ठूलो विचलन आयो’ उनले भने–‘आफ्नो जनवादी राजनीति छोडेर संसदवादी राजनीतिमा प्रवेश गरेपछि अनि हाम्रो हालत खराब नभएपछि कसको हुन्छ ?’

प्रचण्डमा आएको राजनीतिक विचलनकै कारण अहिले अस्तित्व रक्षाका लागि माओवादी कहिले एमालेको, कहिले कांग्रेसको टाङमा छिर्नुपरेको उनको दावी छ ।

विशेष