News

विकाशको कुरा गर्दा ‘स्वकल्ड वुद्धिजिवी’ हरु उखान टुक्का भन्छन्ः ओली

विकाशको कुरा गर्दा ‘स्वकल्ड वुद्धिजिवी’ हरु उखान टुक्का भन्छन्ः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘स्वकल्ड वुद्धिजिवी’ हरुले देश विकासको कुरा आफना कुरालाई उखान टुक्का भन्ने गरेको आरोप लगाएका छन् ।

पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा वुद्धिजिवीहरुले आफनो कुरै नवुझेको वताए । ‘मैले बोलेको त बुझ्ने बुद्धिजीवी थोरै मात्रै छन् कि क्या हो नेपालमा जस्तो लाग्छ’ उनले भने–‘मैले कहाँ शास्त्रका कुरा गर्छु, उसले उखान टुक्का भन्छ ।’

कांग्रेसका नेताहरूले आफ्ना भनाइलाई उखान टुक्का नबुझेर भनेको भएपनि बुद्धिजीवीले त्यस्तै बोलेकोमा ओलीको आपत्ति थियो । ‘कांग्रेसका नेताहरूले उखानटुक्का भन्नु त ठीकै थियो, उनीहरू बुझ्दै बुझ्दैनन्’ ओलीले भने–‘तर अरुले पनि, कतिपय केही मान्छे छन् सो कल्ड बुद्धिजीवी । उनीहरू पनि उखानटुक्का भन्छन् ।’

उनले आफुले देश विकासको कुरा गरिरहेको वताउँदै देश बनाउने नीति, प्रतिबद्धताको कुरा गरेको दावी गरे।
 

विशेष