News

डिभीको रिजल्ट आयो, कस्तो पर्यो एमसीसीको प्रभाव?

डिभीको रिजल्ट आयो, कस्तो पर्यो एमसीसीको प्रभाव?

अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्ने सबैभन्दा सहज तरिका डिभी लोटरी २०२३ को नतिजा सार्वजनिक भएको छ। अमेरिकी दुतावासका अनुसार उक्त नतिजा शनिवार साँझ सार्वजनिक भएको हो ।

अमेरिकी सरकारको विदेश मन्त्रालयको आधिकारिक वेवसाइटमा गएर डिभी लोटरीको नतिजा हेर्न सकिनेछ । डिभी २०२३ का विजेताहरुले आगामी अक्टोबर १ बाट भिसा पाउन सुरु गर्नेछन् । उनीहरुले सन् २०२३ को सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्नेछ । विद्यमान कानून अनुशार उक्त अवधिभित्र भिसा नपाउनेहरु स्वत अयोग्य हुनेछन् ।

डिभी २०२३ का लागि गत अक्टोबर ६ मा लोटरी खुलेको थियो । दुतावासले यस सम्वन्धमा जारी गरेको सुचना अनुसार डिभीका सम्बन्धमा थप जानकारी फोन या ईमेलबाट प्राप्त गर्न सकिन्छ। नेपालमा सोमबारदेखि शुक्रबारसम्म बिहान ८बजेदेखि बेलुका ८बजेसम्म फोन सम्पर्क गर्न सकिने ब्यवस्था लिाईएको छ।

दूतावासले डिभी विजेताहरुलाई सफल भएको भन्दै कुनै ईमेल नपठाउँने र भिसा अन्तरवार्ताको लागि अग्रीम शुल्क बुझाउने व्यहोराको ईमेल, चिट्ठी या अन्य अनुरोध समेत नपठाउँने सुचनामा जनाईएको छ।

यो नतिजा एमसीसी लगायतका कुनै पनि अमेरिकी कार्यक्रमसँग सम्वन्धित छैन। 


 

विशेष