News विदेश

अफगानिस्तानको कुन्दुज मस्जिदमा बम विष्फोट

अफगानिस्तानको कुन्दुज मस्जिदमा बम विष्फोट

 

कुन्दुज । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा रहेको मौलावी सिकन्दर मस्जिदमा शुक्रबार विस्फोट भएको छ।

कुन्दुजको इमाम साहिब जिल्लाका प्रहरी प्रमुख हाफिज उमरले भने कि आज दिउँसो जिल्लाको मौलावी सिकन्दर मस्जिदमा विष्फोट भएको तोलो न्यूजले रिपोर्ट गरेको छ।

सुरक्षा स्रोतहरू र प्रत्यक्षदर्शीहरूले घटनामा ३० भन्दा बढी व्यक्तिको मृत्यु र घाइते भएको बताइएको तोलो न्यूजले रिपोर्ट गरेको छ।

घाइतेहरुलाई जिल्ला अस्पताल लगिएको छ। तालिबानले अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि विस्फोट र हमलाहरू नियमित विषय बनेका छन्। 

पाकिस्तानले अफगानिस्तानको भूमि प्रयोग गरी आतंकवादी घटनाहरु बढाएको भन्दै पाकिस्तान सरकारले आपत्ति जनाएको छ। 

विशेष