News

शेखर र गगनले भरतपुर जान अस्विकार गरेपछि...

शेखर र गगनले भरतपुर जान अस्विकार गरेपछि...

बैशाख २२ गते पाँच दलीय गठबन्धनले भरतपुरमा आमसभा आयोजना गर्यो। तर, बक्ताको रुपमा अस्वभाविक रुपमा कलाकार सन्दीप क्षेत्रीको इन्ट्री भयो। श्रेत्रीले पाँच दलिय गठवन्धनबाट मेयरको उम्मेदवार वनेकी रेणु दाहालको प्रशंसा मात्र गरेनन्, भोट पनि मागे।

रेणुको पक्षमा फुलवुट्टा भर्दै उनले भने ‘खासमा म अर्कै कार्यक्रमलाई आएको थिएँ। दिदी (रेनु ादाहाल)को कार्यक्रम छ भन्ने थाहा भएपछि मलाई पनि आउँ–आउँ लाग्यो । मेरो पितृको आशिष लागोस्, तपाईंले गर्न खोजेका सबै कामका निम्ति शुभकाना दिन चाहन्छु।’

‘म तपाईंलाई रेनु दिदी भन्छु । रेनु दाहालभन्दा प्रचण्डको नाम आउँछ । प्रचण्डज्यू, ढुक्क हुनुस्, छोरी गज्जबको पाउनुभएको छ’ भन्दै उनले आफ्नो ससुराली चितवन भएको र भरतपुरमा पाँच वर्षको अवधिमा देखिएको परिवर्तनले आफूलाई यहाँसम्म तानेको बताए। 

उनले आफु अपर्झट आएको पुष्टि गर्न भरपुर प्रयास गरे। दुई मिनेटको मात्रै समय पाएकाले १ मिनेट ५९ सेकेन्डमा आफनो कुरा सिद्याउने वताए। उनी ब्यवसायीक कलाकार हुन। कसरी आफनो कुरा राख्दा सर्वसाधारणले पत्याउँछन् भन्ने उनलाई राम्रो जानकारी छ। त्यसैले आफनो इन्ट्रिलाई उनले अनौपचारीक र रेणुको कामप्रतिको लगावका कारण भएको पुष्टि गर्ने प्रयास गरे। तर, बास्तविक्ता भने उनले प्रस्तुत गरेभन्दा फरक छ।

यसरी भयो सन्दिपको इन्ट्री
सामान्यतयाः कुनै पनि ब्यवसायीक कलाकार विना पैसा कुनै पनि कार्यक्रममा सहभागि हुदैनन्। नेपालमा कलाकारलाई पैसा तिरेर विभिन्न कार्यक्रम, सभा, सम्मेलन, महोत्सव आदिमा सहभागी गराउने चलन छ। पैसा बिना बक्ताको कुरै छोडौं प्रमुख अतिथि नै बनाए पनि कालाकारहरुले त्यसमा रुचि नदेखाएका धेरै उदाहरण छन् । त्यसमाथि सन्दिप क्षेत्री पैसा बिनाका कार्यक्रमको कुरै सुन्न नमान्ने उनका सहकर्मीहरु नै वताउँछन् । उनले पैसाको बार्गेनिङ नमिलेर कार्यक्रम छोडेका उदाहरण प्रशस्तै छन् ।

तर, उनी भरतपुर पुगेर रेणुको पक्षमा भोट मागेपछि कतिपय कलाकारहरु नै चकित परेका छन् । उनी कसरी त्यहाँ पुगे भन्ने रोचक तथ्य वाहिर आएको छ। खासमा भरपुरमा रेणुलाई मेयर बनाउन पाँच दलिय गठवन्धन जुन सुकै हद पार गर्न तयार छ। तर, रेणु विरुद्धको असन्तुष्टि उनीहरुका लागि चुनौती वनेको छ। यसो हुनाको पछाडिको कारण भनेको कांग्रेस भित्रको गुटको राजनीति नै हो।

चितवन कांग्रेसमा नेता शेखर कोईराला पक्षको वर्चश्व छ। यही सत्यलाई आत्मसाथ गर्दै कांग्रेस सभापति देउवाले चितवनलाई प्रचण्डका लागि वली चढाउने निर्णय गरे। जसको नजिता मेयरको उम्मेदवार रेणु वनिन्। देउवाको यो निर्णयले कांग्रेस कार्यकर्ता रुष्ट भए। नेता जनार्दन पौडेलले बागी उम्मेदवारी दिएका छन् । शेखर कोईराला र गगन थापा जस्ता नेता अघि नसरे उनीहरुलाई मनाउन त्यति सहज छैन।

माआवोदी अध्यक्ष दाहालले शेखर र गगनलाई भरतपुरको आमसभामा सहभागी हुन आग्रह पनि गरे। तर, कोईराला र थापाले अन्य स्थानको कार्यक्रमलाई देखाएर भरतपुर जान इन्कार गरिदिए । त्यसपछि फरक रुपमा प्रश्तुत हुन सन्दिप विकल्पको रुपमा अगाडि आएको स्रोतको दावी छ। उनलाई कुनै नियुक्ति वा काम दिने प्रलोभन देखाईएको छ। 

यस कारण कड्किए प्रचण्ड
भरतपुरमा कांग्रेसभित्रको किचलोले रेणुलाई मेयर वन्न अवरोध गरिरहेको छ। अघिल्लो निर्बाचनमा बाबुराम भट्टराईको प्रचार प्रसार गर्न गोरखा पुगेका गगन थापा आफनै उम्मेदवार जिताउन भरतपुर नगएपछि दाहाल रुष्ट भए ।

अर्कोतर्फ कांग्रेस सभापति देउवा गठन्धनको हिसाबले आमसभमा सहभागि भएपनि कांग्रेसका नेता÷कार्यकर्ताले अहिले पनि भित्री रुपमा बागि उमेदवार पौडेललाई सहयोग गरिरहेको बताईन्छ।  कांग्रेसकै नेताहरुको असहयोगको सुँईको पाएपछि प्रचण्ड आक्रोसित भएको बताईन्छ।

उनले भारतपुरको आमसभामा धम्कीपुर्ण भाषण गरे। रेणुलाई भोट नहाले देशै दुर्घटनामा पर्ने धम्की दिए। यसले रेणुप्रतिको असन्तुष्टि झन वढेको विश्लेषकहरु वताउँछन् ।

विशेष