नातिनिले सम्झिईन प्रचण्डको म्यारिज एनिभर्सरी
![नातिनिले सम्झिईन प्रचण्डको म्यारिज एनिभर्सरी](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/05/smita1.jpg)
सत्तारूढ नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको वैवाहिक वर्षगाँठमा नातिनी तथा गायिका स्मिता दाहालले शुभकामना ब्यक्त गरेकी छिन् । स्मिताले सामाजिक सञ्जालमा प्रचण्ड र सिताको फोटो राखेर शुभकामना दिएकी छिन् ।
‘मलाई प्रेरणा दिने र सबैभन्दा धेरै प्रशंसा गर्ने जोडीलाई वार्षिकोत्सवको शुभकामना।’ उनले लेखेकी छिन् । प्रचण्ड र सिताको कसैसँग तुलना हुन नसक्ने भन्दै उनले बाबा आमा (प्रचण्ड र सिता) प्रति मायाँ दर्शाएकी छिन् ।
दाहालले मागी विवाह भएको ५० वर्ष पुगेको उपलक्ष्यमा दोस्रो पटक विवाह गरेका थिए । कास्कीको ढिकुरपोखरीमा जन्मिएका प्रचण्डले छिमेकी गाउं हेङ्जाकी सीतांसग १५ वर्षको उमेरमा २०२६ सालमा मागी विवाह भएको थियो।
अध्यक्ष प्रचण्डका चार छोराछोरीमध्ये जेठी छोरी ज्ञानु र छोरा प्रकाश दाहालको निधन भएको छ । माइली छोरी रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयरको प्रतिस्पर्धामा छिन् । कान्छी छोरी गंगा दाहाल उनको निजी सचिवालयको जिम्मेवारीमा छिन्। स्मिता उनै गंगाकी छोरी हुन।
पछिल्लो समय सीताको शारीरिक अवस्था कमजोर बन्दै गएको छ। पुत्र प्रकाश दाहालको निधन भएपछि पुत्र शोकले सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आईरहेको छ ।