News

प्रेस काउन्सिल र पत्रकार महासंघ विरुद्ध खनिए भीम उपाध्याय

प्रेस काउन्सिल र पत्रकार महासंघ विरुद्ध खनिए भीम उपाध्याय

स्थानीय तह निर्वाचनको विषयलाई लिएर पत्रकाहरुको दुई वटा प्रशंग अहिले सामाजिक सञ्जालमा चर्चामा छ । पहिलो– गठवन्धनलाई मतदान गर्न अपिल गर्ने पत्रकार संगठनहरुको विज्ञप्ति र दोस्रो, काठमाण्डौंका लागि मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको विरोधमा सामग्री प्रकाशन गरेपछिको अनलाईनमाथि भएको प्रायोजित हमला।

यी दुवै प्रसंगका तीन वटा पत्र/विज्ञप्तिलाई एकै ठाउँमा राखेर पूर्वसचिव भीम उपाध्यायले प्रेस काउन्सिल तथा नेपाल पत्रकार महासंघलाई सामाजिक सञ्जालबाटै हमला गरेका छन् । उनले ‘पत्रकार हुन् कि दलका प्रायोजित कार्यकर्ता?’ भन्दै प्रश्न गरेका छन् ।

पहिलो प्रसंगमा सत्ता गठवन्धन निकट पाँच पत्रकार संगठनले २४ वैशाखमा संयुक्त विज्ञप्ति जारी गर्दै गठवन्धनका उम्मेदवारलाई भोट हाल्न आग्रह गरेका थिए । नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, प्रेस मञ्च नेपाल र प्रगतिशील पत्रकार संघ, नेपालले जारी गरेको उक्त विज्ञप्तिमा सानो भुलले देश फेरि द्वन्द्व र अस्थिरताको भुमरीमा जान सक्ने चेतावनी दिदै स्पष्ट रूपमा परिवर्तनका पक्षधर उम्मेदवारलाई मतदान गर्नुपर्ने जनाईएको छ।

अहिलेको निर्वाचनमा देशमा एउटा वैचारिक गठबन्धन छ र अर्को संविधानको हत्या गर्ने, जननिर्वाचित संस्था संसद्को हत्या गर्ने, सबै परिवर्तनलाई उल्ट्याउने, देशमा निरङ्कुशताको अभ्यास गर्ने र स्थानीय तहलाई अधिकार दिन कन्ज्युस्याई गर्ने निरङ्कुश प्रवृत्ति गरी मुख्य दुई प्रवृत्ति देखिएको उनीहरूले जिकिर गरेका छन् । यो प्रसंगमा सवै पत्रकार संगठनलाई निर्वाचन आयोगले आचारसंहिता उलंघन गरेको भन्दै २४ घण्ट स्पष्टिकरण सोधेको छ।

दोस्रो – ‘बालेन शाहले झण्डाको अपमान गरे’ भन्दै ब्लग लेखेपछि अनलाईनका विरुद्ध भएको हमलाको प्रसंग। अनलाईनले ‘भाइरल उम्मेदवार र राष्ट्रिय झण्डाको अपमान’ शिर्षकमा ब्लग छापेको थियो। त्यसपछि अनलाईनले बालेनको विरोध गरेको भन्दै सामाजिक सञ्जालमा उक्त अनलाईन ‘अनफलो’ गर्ने अभियान चल्यो। यो अभियानका कारण उक्त अनलाईनले केही घण्टाको फरकमै साढे ४ लाखभन्दा वढि फलोअर्स गुमायो।
यो प्रसंगमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघ दुवैले विज्ञप्ति जारी गरी आपत्ति जनाएका छन् । वैशाख २५ गते जारी गरिएको कान्सिलको विशेष अपिलमा गठवन्धनका उम्मेदवारलाई पत्रकारका संगठनले विज्ञप्ति जारी गरेर मत मागेको प्रसंग छ भने। यस्ता कृयाकलापले निर्वाचन आचारसंहिताको उलंघन भएको भन्दै त्यस्तो नगर्न सचेत गाईएको छ। 

तर, सम्वन्धित संगठनका पत्रकारहरुले प्रेस काउन्सिलबाट जारी भएको विशेष अपिलको अर्थ नभएको वताएका छन् । काउन्सिल एमाले निकटका पत्रकाहरुको अड्डा भएकाले एमाले विरुद्धका उम्मेदवारको समर्थन गर्ने सवै पत्रकार र तिनका संगठनलाई काउन्सिलले पत्र काट्ने उनीहरुको भनाई छ। 

एमाले उम्मेदवार विरुद्ध समाचार लेख्ने धेरै मिडियालाई काउन्सिलले यस अघि पनि कारवाही गरिसकेको वताएका संगठन आवद्ध एक पत्रकारले एमालेको संगठनका रुपमा अपिल जारी गर्ने काउन्सिलको अर्थ नभएको वताए ।

काउन्सिलको उक्त अपिलमा अनलाईनमाथि भएको षडयन्त्रका विषयमा पनि चर्चा गरिएको छ। ‘कुनै सञ्चार माध्यमबाट सम्प्रेसित समाचामा चित्त नवुझेमा काउन्सिलमा सम्पर्क गर्ने, उजुरी दिने ब्यवस्था हुँदाहुँदै सम्प्रेसित समाचारलाई लिएर सम्पादकीय स्वतन्त्रताको विपरित सञ्चार माध्यमप्रति नकारात्मक टिकाटिप्पणी गर्ने कार्यप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ। यस्तो कार्य नगर्न÷नगराउन र प्रेस स्वतन्त्रताको सम्मा नगर्न काउन्सिल सम्वद्ध सवैमा अपिल गर्नछ।’

यो प्रशंगमा नेपाल पत्रकार महासंघले पनि विज्ञप्ति जारी गरेर भत्र्सना गरेको छ। अनलाईनको साख घटाउन प्रविधिलाई संगठित रुपमा प्रयोग गरिएको भन्दै विज्ञप्तिमा निन्दा गरिएको छ। ‘कुनै एक ब्यक्तिको स्वार्थका लागि पत्रकारिता क्षेत्रलाई दबाब दिने र हतोत्साहित वनाउने कार्य हुनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो’ विज्ञप्तिमा भनिएको छ–‘संप्रेसित समाचारप्रति चित्त नवुझे या गुनासो रहे त्यसको निरुपणका लागि प्रेस काउन्सिलमा उजुरी दिन सकिने प्रावधान हुँदाहुँदै समुह नै सक्रिय भएर स्वतन्त्र सञ्चार माध्यामको साख गिराउने कार्यप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिलाउन महासंघ सरकारसँग माग गर्दछ।’


यो पनि,

प्रचण्डको हाउभाउ नक्कल गरेका बालेनलाई अमेरिकी सहयोग !

बालेनले झण्डाको अपमान गरे भन्दै ब्लग लेखेपछि अनलाईनलाई खेद्दै भीम उपाध्याय

रवि लामिछानेसम्मको साथ पाएका बालेनलाई आफ्नैबाट धोका

पूर्वसचिव उपाध्याय भन्छन्– गेम ओभर, केशव स्थापित गए खोलैखोला

केशव स्थापितले बालेनलाई ‘मनु मखु:, मर्स्या ख:’ भन्न खोजेका हुन् ?

भीम उपाध्यायले लौरो बाँड्दा आचारसंहिता लाग्दैन ?

अश्लिल शब्दले भरिएका रहेछन् बालेनका -याप !

पूर्वसचिव उपाध्यायले बालेनलाई ‘मस्जिद र चर्च’ मा जाउ भनेपछि...

भीम उपाध्याय

विशेष