News

बालेनको सिको नगर्न प्रहरीले जारी गर्यो सूचना, यस्तो छ कारण

बालेनको सिको नगर्न प्रहरीले जारी गर्यो सूचना, यस्तो छ कारण

दुई दिनअघि काठमाण्डौंका मतदाताले मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहलाई सगुन खुवाएर आशिर्वाद दिएपछि देशैभरी त्यसको सिको गर्न थालिएको छ। उम्मेदवारलाई सुगनका रुपमा दही, मिठाई आदि खुवाउन थालिएको हो।

तर, नेपाल प्रहरीले यस्ता गतिविधि तत्कालनै रोक्न सार्वजनिक सूचना जारी गरेको छ। तर, यो सुचना बालेनले सगुन खाएको तथा बालेनको सिको गर्दै देशभर फैलिएको विषयसँग भने सम्वन्धित छैन।
    
सर्लाहीको हरिवन नगरपालिकामा नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारसहितलाई सगुनका रुपमा विष खुवाएर मार्ने प्रयास गरिएपछि प्रहरीले यस्तो सूचना जारी गरेको हो। घरदैलोका क्रममा रहेका हरिवन नगरपालिका–११ का वडाध्यक्षका उम्मेदवार शेख इस्तियाक, ओमप्रकाश साह, मोहम्मद रिजवान, शेख आरिफ, पूर्णिमा कार्की र दिलिप खड्कालाई विष दिईएको प्रहरीले जनाएको छ।

त्यसपछि प्रहरी प्रधान कार्यालयले अपरिचित व्यक्तिले दिएको प्रसाद वा सगुन नखान आग्रह गरेको हो। केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले आइतबार सूचना जारी गर्दै अपरिचित व्यक्तिले दिएको सगुन वा प्रसाद खाँदा कोही बेहोस हुने र कोही चक्कर लागेर लड्ने जस्ता घटनाहरु घटेको पाइएकोले यस्ता घटनाबाट सुरक्षित रहन र त्यस्तो सूचना भएमा प्रहरीलाई तत्काल खबर गर्न भनेका छन्।

हरिवन नगरपालिका सगुन

विशेष