News

गृहमन्त्रालयका हाकिमका श्रीमतीहरू मिटर ब्याज कारोबारीः सांसद सुवाल

गृहमन्त्रालयका हाकिमका श्रीमतीहरू मिटर ब्याज कारोबारीः सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गृहमन्त्रालयका हाकिमका श्रीमतीहरू मिटर ब्याज कारोबारमा संलग्न रहेको आरोप लगाएका छन् ।

सरकारले मिटर ब्याज नियन्त्रण गर्ने भने पनि गृह मन्त्रालयका हाकिमका श्रीमतीदेखि नातागोतासमेत मिटर ब्याजको कारोबारमा संलग्न रहेको उनले दाबी गरे। कानुन हातमा लिएर यस्ता गलत कार्य गर्ने ठूलाबडा नै रहेको सुवालले दावी गरे।

‘बजेट वक्तव्यमा मिटर ब्याज नियन्त्रण गर्ने उल्लेख छ। तर गृह प्रशासनका हाकिमहरूका श्रीमती, आफन्त र सल्लाहकारहरू मिटर ब्याजमा संलग्न भएको र नक्कली सुराकी बनाएर कमिसन लिइरहेको कतिपय पदाधिकारीहरूले आफन्तहरूलाई नै स्वकीय सचिव र भान्से राखेर रकम गोजीमा राखेको समाचार पनि छ’ उनले भने–‘यस्ता गलत काम त कानुन हात लिन सक्नेहरूले गरेको देखियो नि।’
 

विशेष