News मनोरञ्जन

बिस्नोइ ग्याङका सार्पसुटरद्वारा सलमान खानको हत्या प्रयास

बिस्नोइ ग्याङका सार्पसुटरद्वारा सलमान खानको हत्या प्रयास

बलिउड अभिनेता सलमान खानको हत्या प्रयास गरिएको छ। ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले शुक्रबार मुम्बईमा उनलाई गोली हानी हत्या गर्ने प्रयास गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न ठानिएको बिस्नोइ ग्याङका केही सार्पसुटरले खानको हत्याको प्रयास गरेको ति समाचारहरुमा वताईएको छ। लरेन्स बिस्नोइ ग्याङबाट आफूलाई कुनै खतरा नभएको भन्दै सलमान शुक्रबार बिहान घरबाहिर साइक्लिङमा निस्किएका थिए ।

सार्पसुटरहरु सलमानको घरबाहिर पुगेर हत्याको प्रयास गरेको तर अन्तिम समयमा फर्किएको जनाएको छ । यो घट्नासँगै सलमानको सुरक्षा कडा बनाइएको छ ।

मुम्बई प्रहरीले केही दिनअघि सलमान खान र उनका पिता सलिमलाई पत्रमार्फत ज्यान मार्ने धम्की दिएको कुराको पुष्टि गरेको छ । यो धम्कीमा लरेन्स बिस्नोइ ग्याङको संलग्नता रहेको प्रहरीको दावी छ। 

त्यो पत्र पुर्याउन तीन जना व्यक्ति राजस्थानदेखि मुम्बई पुगेको पनि जनाईएको छ। ती तीनै जनाको पहिचान भइसकेको र पक्राउको तयारी भइरहेको प्रहरीको भनाई छ। 

विशेष