News अपराध सुरक्षा

एकल महिलामाथि परिवारै लागेर निर्घात कुटपिट, प्रहरीले पनि मानसिक तनाव दिएको आरोप

एकल महिलामाथि परिवारै लागेर निर्घात कुटपिट, प्रहरीले पनि मानसिक तनाव दिएको आरोप

सप्तरीको राजविराज –५ मा घर भाडा लिएर बस्ने एकल महिला पुष्पा स्वर्णकारलाई सोही घरमा भाडा वस्ने तिलाठी कोईलाडी गाउँपालिका–३ सकरपुराका आशिष सिंहको परिवारले निर्घात कुटपिट गरेको छ।

दुई वर्षअघि देखिएको सामान्य विवादका कारण लगातार मानसिक यातना दिदै आएको सिंहको परिवारले पछिल्लो पटक विहिवार विहान उनलाई कुटपिट गरेको हो। कुटपिटका कारण घाईते भएकी पुष्पालाई उपचारका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको छ।

उनको अवस्था खतरा मुक्त भएपनि टाउको, आँखा तथा शरिरका विभिन्न भागमा गम्भिर चोट देखिएको स्वास्थ्यकर्मीहरुले वताएका छन् । पुष्पाका अनुसार सिंहको परिवारले दुई वर्षअघि देखि नै पटक–पटक विवाद झिकेर गाली गर्ने, अपमानित गर्ने, प्रहरी/प्रशासन र राजनीतिक पहुँचका आधारमा कोठामै प्रहरी पठाई मानसिक रुपमा प्रताडित गर्ने गर्दै आएका थिए ।

प्रहरीले पनि एकतर्फी कुरा मात्रै सुनेर अनावश्यक रुपमा कोठामा आएर केरकार गर्ने, धम्की दिने लगायतका कृयाकलाप गर्दै आएका थिए । तर, पछिल्लो पटक भने आफुमाथि ज्यानै लिने हिसावले आशिष, उनकी श्रीमती विन्दु र छोरी अस्मिता समेत लागेर कुटपिट गरेको उनको आरोप छ।

छोरो पेटमा हुँदै सवारी दुर्घटनामा परी श्रीमान निलकण्ठको मृत्यु भएपछि उनी एउटै घरमा करिव १३ वर्षभन्दा अघि देखि कोठा भाडामा लिएर वस्दै आएकी छिन् । उनका छोरा अहिले १२ वर्षका छन् । सिंहको परिवार पनि कोठा लिएर वस्न थालेपछि आफुमाथि लगातार अन्याय हुँदै आएको पुष्पाको गुनासो छ।

आफुमाथि भईरहेको ब्यवहारका कारण छोरो समेत मानसिक रुपमा विक्षिप्त भएको उनले वताईन। पटक पटक घरमा प्रहरी आउने, सिंहको परिवारले विभिन्न आरोप लगाउँदै गाली गलौज गर्ने गर्दा उनको दिमागमा पनि नराम्रो छाप परेको पुष्पाको गुनासो छ।

यता आशिस सिंहले भने आफनो परिवारलाई गालि गलौज गरेपछि श्रीमतीसँग समान्य झगडा भएको बताएका छन् । पुष्पाकै नराम्रो व्यवहारका कारण झगडा भएको र आफनो श्रीमतीलाई पनि उनले कुटपिट गरेको सिंहले बताए । पुष्पाका विरुद्ध आफुहरु कानुनी उपचारमा जाने उनले वताए ।


राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष सुनिता साहले घाइते पुष्पाको बारेमा जानकारी लिई न्यायका लागि पहल गरिरहेको बताईन । उनले अस्पाल पुगेर घाईतेको अवस्थामा बारे जाकारी लिएको र त्यो विषयमा प्रहरीलाई समेत जानकारी गराई सकेको बताउँदै एकल महिला र नाबालकमाथि ज्यादती गर्ने सिंह परिवार विरुद्ध कानुनी रुपमा अगाडि वढ्ने वताईन।

विशेष