News

माओवादीबाट अर्थमन्त्रालय खोस्ने तयारीमा देउवा

माओवादीबाट अर्थमन्त्रालय खोस्ने तयारीमा देउवा

प्रधानमन्त्री शेरवहादुर देउवाले माओवादी केन्द्रको भागमा परेको अर्थ मन्त्रालय खोस्न लागेको चर्चा सुरु भएको छ। मित्रराष्ट्र र दातृ निकायले पनि अर्थमन्त्रालय आफैसँग राख्न सुझाव दिएपछि देउवाले अर्थमन्त्री आफनै पार्टीका नेतालाई बनाउने तयारी गरेका छन् ।

स्रोतका अनुसार बजेट पारित भए लगत्तै अर्थमन्त्री जनार्दन शर्माले मन्त्रीबाट हात धुनुपर्ने अवस्था आएको छ। सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयको जिम्मा दिने तयारी देउवाको छ। यसको जानकारी उनले सत्ता गठवन्धनका शीर्ष नेतालाई पनि दिएको बताइएको छ ।

अर्थमन्त्रालय कांग्रेसले राखेपछि माओवादीलाई गृह दिने सहमति छ। तर, मर्थमन्त्रालयबाट निस्किएपछि जनार्दनलाई गृहमा लाने माओवादीको तयारी छैन। एमसीसी प्रकरणमा पार्टीभित्रै विद्रोह गरिरहेका र पार्टी फुटाउनेसम्मको भुमिका खेल्न सक्ने आँकलन गरिएका नेता नारायणकाजी श्रेष्ठलाई त्यहाँ पठाउने अध्यक्ष दाहालको तयारी छ।

नारायणकाजीलाई पनि उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनाउन लागिएको चर्चा छ । यद्यपि यो विषय पुष्टि भने भएको छैन। विभिन्न विषयमा असन्तुष्टि जनाउँदै आएको श्रेष्ठ समुहलाई थामथुम पार्न पनि उनलाई मन्त्री बनाउनै पर्ने दवावमा अध्यक्ष दाहाल छन् ।

सरकारले हालै संसदमा पेश गरेको नीति तथा कार्यक्रम र वजेटमा पनि नारायणकाजी समुहले अड्को थापिरहेको छ। एमसीसी लगायतका प्रकरणमा उनले पार्टीको वैठक माग गरिरहेका छन् । अध्यक्ष दाहालले महासचिव लगायतका पदाधिकारीको टुङ्गो लगाउने कसरत पनि यसैबेला सुरु गरेका छन् ।

यही अवस्थामा वैठक वोलाउने र पदाधिकारी चयन गर्ने प्रकृया थाल्ने हो भने श्रेष्ठ समुहले अप्ठ्यारोमा पार्न सक्ने वुझेर अध्यक्ष दाहाल नारायणकाजीलाई मन्त्रालयमा पुर्याएर मात्रै अन्य प्रकृया अगाडि वढाउने सोचमा रहेको स्रोतको दावी छ।
 

विशेष