News

आँबुखैरनीमा सडक भासिँदा वगेको कार र दुईटा शव भेटियो

आँबुखैरनीमा सडक भासिँदा वगेको कार र दुईटा शव भेटियो

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरनी–४ ड्यामसाइडममा सडक भासिएको ठाउँमा दुई वटा शव र कार भेटिएको छ । सडकभन्दा करिब ६० मिटर तल कार खसेको जनाईएको छ।

सडक भासिँदा कार पनि सँगसँगै खसेको प्रहरीको अनुमान छ । मृतकको सनाखत भएको छैन । कार र शवलाई निकाल्ने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । 

सडकबाट तल मर्स्याङ्दी नदीको खोंचमा कार खसेको देखिएको थियो। त्यसपछि गोताखोर, उद्धारकर्ता र स्वास्थ्यकर्मीसहितको टोलीलाई त्यहाँ परिचालन गरिएको थियो ।

प्रहरीका अनुसार उक्त कार आबुखैरेनीबाट मुग्लिङ तर्फ जाँदै गरेको भनिए पनि कारमा कतिजना थिए र कोको थिए भन्ने अझै पुर्ण जनकारी छैन। 

सडक भासिएका कारण आज बिहान करिब ५ बजेदेखि नै पोखरा–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध भएको छ । वैकल्पिक मार्ग नभएकाले दुवैतर्फ सयौं यात्रु अलपत्र छन् ।
 
अवरुद्ध सडक तत्काल खुल्न सक्ने अवस्था नरहेकाले सवारी साधनहरु जताबाट आएका छन्, उतैतिर फर्काइएको छ । बेलिब्रिज नबनाएसम्म सवारी साधन चल्ने सम्भावना देखिएको छैन ।
 

विशेष