News

काठमाण्डौं महानगर र सिसडोल–बञ्चरेडाँडाका स्थानीय बीच १९ बुँदे सहमति

काठमाण्डौं महानगर र सिसडोल–बञ्चरेडाँडाका स्थानीय बीच १९ बुँदे सहमति

काठमाण्डौं महानगरपालिकाको फोहोर विसर्जनमा देखिएको अवरोध हटाउन महानगरपालिका र सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच १९ बुँदे सहमति भएको छ ।

विहिवार राती करिव १ बजे वसेको महानगरपालिका र प्रभावित क्षेत्रका बासिन्दाबीचको वैठकमा राती मात्रै फोहोर ढुवानी गर्ने र त्यसका लागि आवश्यक पर्ने बत्ती, बाटो लगायतका सम्पुर्ण पुर्वाधार महानगरपालिकाले तीन महिनाभित्र गर्ने लगायतका सहमति भएको छ ।

फोहोरबाट निस्कने लिच्चड (फोहारेबाट रसाएर निस्कले तरल पदार्थ) खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गर्ने, फोहोर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था एक महिनाभित्र मिलाउने, सिसडोल तथा बन्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने  लगायतका सहमति भएको छ ।

बञ्चरेडाँडा

विशेष