सरकारले डिजलमा एकै पटक १२ रुपैयाँ मुल्य वृद्धि गरी गाडी भाडा पनि वढायो
![सरकारले डिजलमा एकै पटक १२ रुपैयाँ मुल्य वृद्धि गरी गाडी भाडा पनि वढायो](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/06/yatayat1.jpg)
सरकारले डिजलमा एकै पटक प्रतिलिटर १२ रुपैयाँ मुल्यवृद्धि गरेर सार्वजनिक यातायातको भाडा पनि बढाएको छ।
इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति अनुसार सार्वजनिक यातायातको भाडा २ दशमलव ५ प्रतिशतदेखि ३ दशमलव ७ प्रतिशतसम्म बढाएको हो।
यातायात ब्यवस्था विभागका अनुसार बढेको भाडा जेठ २७ गतेबाटै लागू हुनेछ। विभागका अनुसार यात्रुबाहक सवारीको हकमा २ दशमलव ५ प्रतिशत, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ३ दशमलव ३ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३ दशमलव ७ भाडा वढेको छ।
यातायात व्यवस्था विभागले शुक्रबार जारी गरेको सूचनामा अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर ३ दशमलव ७ प्रतिशत वढाईएको जनाएको छ। यसअघि सरकारले जेठ ११ गते मात्रै गाडी भाडा २ प्रतिशत घटाएको थियो।
यहाँबाट थाहा पाउनुहोस, कहाँको भाडा कति ?